सुर्खेत । सुर्खेतमा सुन जाँच्ने टन्च मेशीनले सुनको शुद्धता धमाधम देखाउन थालेपछि तरङ्ग फैलिएको छ । बुटवलदेखी पश्चिमनेपालको सुर्खेतमा पहिलो पटक संस्कृती ज्वैलर्सले सुन जाँच्ने मेशीन भित्रिएपछि तरङ्ग पैदा गरेको हो ।
लामो समयदेखी सुर्खेतमा व्यवसाय गर्दै आएका सुनचाँदी व्यवसायीहरुले टन्च मेशीनले ग्राहकहरू भड्काएर र व्यवसाय नै चाैपटमा पारेकाे भन्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिएका छन् । सुर्खेतमा करिव एकसय सुनचाँदी व्यवसायीहरू छन् ।
कसरी भित्रियो टन्च मेशीन ?
सुर्खेतका व्यवसायी कमल खड्का ‘जुनी’ र सुदर्शन श्रेष्ठले सँस्कृती ज्वैलर्स सञ्चालन गरे । पुर्खादेखी त्यही व्यवसाय अगाल्दै आएका सुनचाँदी व्यवसायीहरुले सँस्कृती ज्वैलर्समा कसरी शतप्रतिशत सुन पाइन्छ भनेर ग्राहकलाई भड्काए । तर नयाँ व्यवसाय ग्राहकहरुको संख्यामा उल्लेख्य आकर्षण नभएपछि सुनको शुद्धता नाप्ने मेशिन सुर्खेतमा संस्कृती ज्वैलर्सले भित्रायो ।
गत साउन २१ गतेदेखी मेशीनबाट ग्राहकले आफूहरुले विगतमा लिएको सुन नाप्न थाले । सुनमा शुद्धता कम भएपछि वीरेन्द्रनगरका अन्य सुन व्यवसायहरुको व्यापारमा गिरावट आयो ।
किन भयो विवाद ?
मंगलबार वीरेन्द्रनगरमा रहेका सुनचाँदी व्यवसायीहरुले संस्कृती ज्वैलर्सको टन्च मेशीन बन्द गर्नु पर्ने माग राख्दै त्यही पुगेर विवाद गरे । संस्कृती ज्वैलर्स र अन्य सुनचाँदी व्यवसायीहरु विच केही समय विवाद समेत भयो ।
कानुनी बाटाहरु हुँदा हुँदै पसलमा गुण्डाशैलीमा आक्रमण गरेको आरोप संस्कृती ज्वैलर्सका सञ्चालक सुदर्शन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले सिसिटिभी फुटेज नै देखाएरै पसल ताडफोड गर्न उनीहरु आएपनि आफू संयमित भएको बताए ।
हाम्रो पुख्र्यौली व्यवसाय नभएकाले मेशीन भित्राएका हौं’ सञ्चालक श्रेष्ठले भने,–‘हामी गलत छौं वा छैनौं त्यो हेर्ने निकाय जिल्ला प्रशासन हो, कानुनी बाटो नरोजेर व्यवसाय तोडफोड गर्न आउनु गलत हो ।’
टन्च मेशीन बन्द गर्नु पर्ने माग गर्दै पसलमै अन्य सुनचाँदी व्यवसायीहरु पुगेपछि दुवै पक्षविचको बुधबार केही समय विवाद भएको थियो । तर व्यवसायीहरूले टन्च मेशीन नै अवैधानिक भएकाे अाराेप लगाउँदै मेशीन बन्द नहुँदासम्म अान्दाेलन फिर्ता नहुने बताउँछन् ।
कानुनी बाटो खुला छ, मेशीन किन बन्द गर्ने ?
यता, संस्कृती ज्वैलर्सका सञ्चालक श्रेष्ठले आफूहरुले सरकारको नियम अनुसार मेशीन सञ्चालन गरेको बताउँछन् । ‘स्वच्छ प्रतिस्पर्धामा उनीहरुले पनि मेशीन ल्याएर काम गरे हुन्छ, पसलमै गुण्डाशैलीाम आउनु राम्रो हैन’ श्रेष्ठ भन्छन्,–‘कानुनी बाटाहरु छन्, त्यता लागेहुन्छ हामी ग्राहकलाई सुन नापेरै विक्री गछौं, व्यपार गछौं ।’
के भन्छन् सुनचाँदी व्यवसायीहरु ?
बुधबार विहानैदेखी टन्च मेशीन बन्द गर्नुपर्ने माग राख्दै व्यवसाय वन्द गरेर वीरेन्द्रनगरका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । टन्च मेशीनले आफूहरुको व्यवसाय नै धराप पारेको सुनचाँदी व्यवसायी सुर्खेतका अध्यक्ष तारा कौशलले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले संस्कृती ज्वैलर्सको मेशीनमा सुन नाप्दा फरक–फरक रेकर्ड देखाएको जानकारी दिए ।
मेशीनले शुद्धता नाप्दा (हेर्दा) कालिगड र व्यवसाय सञ्चालकको समझदारीमा मात्रै हेर्न मिल्ने जिकिर गरेका उनले कुनै पनि ग्राहकले सिधै मिशीनमा सुन राखेर शुद्धता हेर्न नमिल्ने जिकिर गर्दै व्यवसायीले ग्राहकलाई विल ग्यारेण्टी दिन मिल्ने प्रयास रहेको उल्लेख गरे । अध्यक्ष कौशलले बिहिबार नै जिल्ला प्रशासनमा टन्च मेशीन वन्द गर्नु पर्ने माग गर्दै निवेदन दिएको बताए ।
‘जवसम्म टन्च मेशीन बन्द हुँदैन तवसम्म हामी हाम्रो व्यवसाय बन्द गर्दैनौं’ कौशलले भने,–‘हामीले पनि मेशीन भित्राएका छौं, ग्राहकलाई हेर्न दिँदैनौं तर विल ग्यारेन्टी दिन्छौं ।’
प्रशासनको तर्क
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले टन्च मेशीन बारे आफूले अहिले नै केही बोल्न नमिल्ने बताए । उनले नाप तौल तथा गुणस्तर कार्यालयले मात्रै हेर्ने भएकोले उजूरी माथि नै पठाएको जानकारी दिए । तर उनले संस्कृती ज्वैलर्सका सञ्चालकबाट सबै कागजपत्र मगाएकाले माथि पठाउने र त्यसको प्रचलनबारे गुणस्तर कार्यालय आएपछि मात्रै थाहा हुने उल्लेख गरे ।