☰ open Loading... 18 November 2024|  

स्वास्थ्य चौकीमा औषधी अभाव
  | २१ भाद्र २०७४, बुधबार १७:४०

सागर परियार
जुम्ला । हिमा गाउँपालिका ६ महाबैपाथरखा सुपुरा दमाईकी ७ वर्षिया छोरी सृजनालाई अचानक झाडापखलाको समस्या देखियो । झाडापखाला राकथामका लागि जीवनजल खुवाउनु पर्ने त सुपुरा लाई थाहा छ । तर त्यहि जीवनजलको एक पुरीया पनि गाउँमा नहुँदा झाडापखलाबाट पिडित छोरीको उपचारका लागि आफु एक घण्टाको बाटो स्वास्थ्य चौकीमा गएको बताईन ।

स्वास्थ्य संस्थामा जीवनजल त के सिटामोल पनि नभएको कुरा थाहा पाएपछि बिना उपचार रित्तै फर्कियो उनको गुनासो छ । उनका अनुसार स्वास्थ्य चौकीले हाल कुनै पनि औषधी छैन भन्दै फर्काएको हो ।

यता पाथरखोला स्वास्थ्य चौकीका ईन्चाज भुवन कठायतले दुई साता देखि स्वास्थ्य चौकी कुनै औषधी नभएको बताए । पटक पटक औषधीको माग गरेपनि जिल्ला स्वास्थ्य कार्यालयले वास्था नगर्दा गाउँमा झाडापखलाका बिरामी बढ्दै जादा समस्या भएको कठायतले बताए ।

सरकारले निशुल्क दिदै आएको ७२ प्रकारको औषधी मध्य स्वास्थ्य चौकीबाट २० प्रकारको पनि नपाइएको स्थानिय महिला इमिरा अधिकारीले बताईन । स्वास्थ्य चौकीमा औषधीको अभाव भएपनि जुम्ला ग्रामिण भेगमा निमोनिया तथा झाडापखलाका बिरामी बढ्न थालेका छन ।

विशेषगरी हिमा गाउँपालिका वडा ६ र ७ का स्थानियमा झाडापखालको समस्या बढ्दै गएको तर औषधी नभएपनि केहि गर्न नसकिएको स्वास्थ्य चौकी पाथरखोला ईन्चार्ज भुवन कठायतले स्वीकार गरेका छन । तर यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगत बहादुर शाहिले औषधी लैजाउ भन्दा स्वास्थ्य चौकी निरह भएको आरोप लगाए ।

हाल हिमा गाउँपालिकोे स्वास्थ्य अबस्थामा सुधारका लागि त्यहा स्थित पाथरखोला स्वास्थ्य चौकी र बड्की स्वास्थ्य चौकीमा लगायत कालिकाखेतु स्वास्थ्य चौकीमा १० लाखका दर बजेट बिनियोजित गरेको गाउँपालिका प्रमुख रज बहादुर शाहिले बताए । तर स्थानियहरु भने स्वास्थ्यका क्षेत्रमा विनियोजित बजेट प्रायाप्त नभएको भन्दै बजेट संसोधनको माग गरेका छन ।