सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोटमा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचौक, आँप खोली र बाघखोरमा घरमै आएर स्थानीयलाई स्यालले टोक्दा उनीहरु घाइते भएका हुन् ।
घरमा बसिरहेका स्थानीय नागरिकलाई बहुला स्यालले टोक्ने गरेको गुर्भाकोट नगरपालिका–४ का वडा अधयक्ष प्रशन्न शाहले जानकारी दिए । उनका अनुसार स्यालले बुधबार विहानबाट स्थानीय नागरिक र पुशचौपायलाई टोक्दा घाइते भएका छन् ।
स्थानीयबासी । बुधबार साँझ मात्रै ९ जनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका इन्चार्ज किरण ओलीले जानकारी दिए । १० जनाको उपचार गरेपनि बिहिवार विहानै थप ८ जनालाई टोकेको खवर आएको उनले बताए ।
स्यालले टोक्दा लगाउने इम्यूनोग्लोमिन भ्याक्सिन काठमाडौंको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको छ । ‘एक भ्याक्सिनको मात्रै ८ हजार मुल्य पर्छ न्युन आय भएका नागरिकलाई उपचार गर्न समस्या भएको छ’ ओलीले भने,–‘घाइतेहरुलाई काठमाडौं पठाएर निःशुल्क उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले छलफलमा छ ।’
स्याललाइ मार्ने विषयमा पनि प्रहरीलाइ अाग्रह गर्न अहिले छलफल चलिरहेकाे छ । विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनबढी स्थानीय घाइते भएका थिए ।