☰ open Loading... 6 February 2025|  

दैलेखमा युवाकाे मृत्यु रहस्यमय
  | २३ भाद्र २०७४, शुक्रबार १२:५४

दैलेख ।  भैरवी गाँउपालिका ३ घर भएका १८ वर्षीय लक्ष्मण पाण्डे मृत्य अवस्था फेला परेका छन् । डाँडीमाडी बजारमा मेला चलिरहेका बेला उनी आधा घण्टा टाढा मृत्त अवस्थामा फेला परेका हुन् ।

दुुल्लु नगरपालिकाको धुलेश्वर मन्दिरको जंगलमा पाण्डे मृत्त अवस्थामा फेला परेपछि प्रहरीले घटना शंकाष्पद भएको भन्दै शुक्रवार विहान मात्रै मुचुल्का उठाएर पोष्टमार्डमको लागि दुल्लु अस्पताल शव पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनाको अनुसन्धान भईरहेकोले अहिलेसम्म कुनै पनि ब्यक्ति पक्राउ परेका छैनन् ।

घटनाको कारण नखुलेको एक प्रहरी अधिकारीले बताए । अनुसन्धान भईरहेकोले घटनाको कारण छिट्टै खुल्ने ती प्रहरी अधिकारीले पश्चिम नेपाल डटकमलाई बताए । याे मेलामा हरेक वर्ष यस्ता घटनाहरु हुने गरेका छन् ।