☰ open Loading... 6 February 2025|  

एक महिनामा ३६ बाख्रा मरे, कृषक चिन्तित
  | २३ भाद्र २०७४, शुक्रबार १४:२८

दैलेख । एक महिनादेखी दैलेखको भगवतीमाई गाँउपालिका १ पगनाथमा बाख्राहरु मर्न थालेपछि बाखा्र किसानहरु चिन्तित बनेका छन् । पशु चिकित्सकहरु पनि अहिलेसम्म कुन रोग लागेको भनेर जाँच्न नपुगेपछि किसानहरु आक्रोशित बनेका हुन् ।

एक महिनाभित्र गाँउका ३६ वटा खसीबाख्रा र २ भैसी समेत मरेको किसान शेरबहादर थापाले बताए । उनले आफ्नौ मात्रै ६ बाख्रा र गाँउका अन्य ७ घरको बाख्राहरु मरेको बताए । बाख्राहरु जंगल चरेर घरमा ल्याएसंगै राती भकाभक मर्ने थालेको किसान थापाले बताए । कुनै बाख्राहरुमा पालतो दिशा आउने लक्षण देखीपनि कुनै लक्षण नै नदेखीएको किसानहरु बताउँछन् ।

‘एक महिना भयो न पश प्राविधिक आए, न औषधी नै आयो ।’ किसान शेरबहादुर थापाले भने, ‘जनताका बाख्रा मरेर धनजनको नौक्सानी हुँदा पनि सरकारलाई मतलव छैन् ।’ किसानहरु स्थानीय बेस्तडा बजारमा रहेको एग्रोभेट महंगो मूल्य तिरेर ल्याएको औषधीले समेत काम नगरेको किसानहरुले बताए ।

भगवतीमाई गाँउ पालिकाको कार्यालय र जिल्लामा रहेका पशु सेवा कार्यालयले पनि औषधी नपठाएको पशु प्राविधिक भिमबहादुर चलाउनेले बताए । मरेका बाख्राहरुलाई खाल्डो खनेर गाड्ने गरेका छन् ।