समृद्ध सुर्खेत बनाउने सुर्खेत सभा हल निर्माण कार्य दुत्रगतिमा अघि बढेको छ । सम्झौता म्याद भन्दा अघि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीले निर्माणको कार्यलाई दुत्र रुपमा अघि बढाएको हो ।
सभा हल निर्माणको जिम्मा पाएको समानान्तर चक्रेश्वरी–शवशक्ति जे÷भी, काठमाडौँले काम गर्ने समयमा कुनैपनि बाँधा र अवरोध नआएमा तोकिएको समय भन्दा अगाडी काम सम्पन्न गरी भवन डिजिभनलाई हस्तान्तरण गर्ने बताएको छ । भवन डिभिजन कार्यालयले समानान्तर चक्रेश्वरी–शवशक्ति जे÷भीलाई २०७३ चैत्र २४ गते सभा हल निर्माणको जिम्मा दिएको छ । समानान्तर चक्रेश्वरीले २०७४ चैत्र २४ गते भित्र काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गुर्नपर्ने छ ।
उता भवन डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर झंकबहादुर थापाले काम सुरु भए यता घेरबार गर्ने काम सम्पन्न गरि सकिएको जानकारी दिए । हाल सिटी हल निर्माण स्थलमा निमार्णका लागि जग खन्ने काम भईरहेको छ । उनले भने—‘यो सभाले प्रदेश नम्बर ६ कै सबैभन्दा पहिलो सुविधा सम्पन्न सभा हल हो ।’
आँखा अस्पताल पछाडी बन्ने साढे तीन विगाह जग्गामा निर्माणाधिन सभाहल निर्माण कार्यसम्पन्न हुँदासम्म करिब २० करोड लागत लाग्ने इन्जिनियर थापाले जानकारी दिए । यो ७ सय ६८ जना अट्न क्षमताको सभा हल हो । तोकिएको समय भन्दा अगाडीनै काम सम्पन्न गर्नेगरी कामलाई दु्रतगतिमा अघि बढाएका छौँ,’ थापाले भने,–‘निर्माधिन सभाहलको पार्किङ्गमा ४ सय मोटरसाइकल र २ सय गाडी राख्न मिल्ने हुनेछ ।’ सभाहलमा दुई गेट रहने छन् जसमध्य एउटा मुख्य र अर्को साइट गेट बन्ने थापाले जानकारी दिए ।
प्रदेश नम्बर ६ को सम्भावित राजधानी समेत रहेको वीरेन्द्रनगरमा हालसम्म भरपर्दो सभाहल नहुँदा चौतारा वा खुल्ला मञ्चमा कार्यक्रम गर्नु पर्ने बाध्यता छ । सिटीहल निर्माण भएपछि सार्वजनिक समारोहका कार्यक्रम खुला चौरमा गर्नु पर्ने बाँध्यताको अन्त्य हुने नागरिकहरुको अपेक्षा छ । सुर्खेत सिटी हलविहीन छ । कुनै सार्वजनिक समारोह गर्दा पानी र हावाहुरीले आयोजकलाई सास्ती खेप्न बाध्य छन् ।