सागर परियार
जुम्ला । खलंगा स्थित साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु वुढ्थापाले विद्युतकै कर्मचारी माथि निर्घात कुटपिट गरेका छन । अध्यक्ष वुढ्थापाले साना जलविद्युत उपभोक्ता समितीका कार्यालय प्रमुख हर्क वोहोरालाई विग्रेको विद्युत मर्मत गर्दै गर्दा एक्कासी कुटपिट गरेका हुन । कार्यालय प्रमुख वोहोराले विद्युतमा काम गरेको दशक वितिसकेको छ ।
विद्युतका अध्यक्ष वुढ्थापा म विद्युत मर्मत गर्दै गर्दा विद्युत गृहमा पुगेर आफुलाई नसोधेर कार्य अघि वढाएको भन्दै हातपात गरे पीडित हर्क वोहोराकाे भनाइ छ । विद्युत समितीको हितविपरित क्रियाकलाप गरेमा स्पष्टिकरण सोध्ने, जागिरवाट निश्कासन गर्ने जस्ता प्रक्रिया हुँदा हुदै कर्मचारीमाथी हातपात गर्नु अशोभनिय भएको कर्मचारीहरुले बताएका छन् ।
अध्यक्षको कुटपिट पछि वेपत्ता वोहोरा दुई दिन पछि घर फर्केकाे बताइएकाे छ । कार्यालय प्रमुख वोहोराले अनाहकमा अध्यक्ष वुढ्थापाले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा जिउधनको सुरक्षा गर्न र दोषी उपर कार्वाही प्रक्रिया अघि वढाउन माग गरेका छन ।
‘म संग अध्यक्ष वुढ्थापाको कुनै रिसराग छैन’, उनले भने, ‘एक्कासी ईमान्दारपुर्वक काम गरेको कर्मचारीमाथी हातपात हुनु दुखद पक्ष हो ।’ अध्यक्षको कुटाईवाट उनले अनुहारमा चोट लागेको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ ।
४५ वर्षिय प्रमुख वोहोरा पातारासी गाउँपालिका ५ का स्थानीय वासिन्दा हुन । यता विद्युतका अध्यक्ष विष्णु वुढ्थापाले २१ गते राति अकस्मात मेसिन जलेपछि विद्युत आपुर्ति वन्द भएको र कर्मचारीलाई फोन गर्दा नउठाएकोले आफु आक्रोशमा आएको वताए । विद्युत कार्यालयमा कर्मचारीको लापरवाही भएको र डयुटी एकको तर काम अर्कै गरेको भेटिएकोले आफुले वाध्य भएर यस्तो कदम चाल्नु परेको उनले दाबी गरेका छन ।