☰ open Loading... 7 February 2025|  

हिंसा पीडित महिलालाई न्यान दिन ‘हेल्प डेस्क’
  | २५ भाद्र २०७४, आईतवार १८:३८

सुर्खेत । वीरेन्द्रनगर नगरकार्यपालिकाले हिंसा पीडित महिलाहरुलाई न्याय दिने उदेश्यले हेल्प डेस्क स्थापना गरेको छ । नगरपालिका क्षेत्रका हिंसा पीडित महिलाहरुलाई तत्काल न्याय दिने हेतुले आइतबार हेल्प डेस्क स्थापना गरिएको हो ।

हेल्प डेस्कको स्थापना वीरेन्द्रनगर नगरकार्यपालिकाका प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै उप–प्रमुख ढकालले न्यायको पहुँचमा पुग्न नसकेका हिंसा पीडित महिलाहरुलाई न्याय दिने गरी नगरपालिकाले हेल्प डेस्कको स्थापना गरेको जानकारी दिइन् ।

उनले नगरपालिकाबाटै हिंसा प्रभावित महिलाहरुलाई कानुनी उपचार र परामर्श दिइने उल्लेख गरिन् । ‘हामी कार्यविधि तयार गरेर न्यायिक समिति गठन गरेर अघि बढ्दैछौं’ ढकालले भनिन्,–‘कुनै पनि महिलाले हिंसा सहेर बाच्न नपरोस भनेर नै डेस्कको स्थापना गरेका हौं ।’

कार्यक्रममा वीरेन्द्रनगर नगरकार्यपालिकाका प्रमुख देवकुमार सुवेदीले हिंसा पीडित महिलाहरुलाई छिटो छरितो न्याय दिलाउन कार्यविधि तयार पारेर अघि बढ्ने जानकारी दिए । उनले हिंसा प्रभावित महिलाहरुलाई बस्न सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढाएको उल्लेख गरे ।