☰ open Loading... 18 April 2024|  

किन कुटिए यी जाेडी ?
  | २६ भाद्र २०७४, सोमबार १७:५६

सुर्खेत : सुर्खेतमा छाेराले अन्तरजातिय विवाह गरेकै कारण आमा–बुवा कुटिएका छन् । बराहताल गाउँपालिका–८ दमार निवाशी भक्तबहादुर विक र अमृता विकले गएराति कुटिएका हुन् ।

छोरा बलबहादुर विकले घरमा शाहीको छोरी विवाह गरेर ल्याएकै कारण आफू कुटिएको आरोप भक्तबहादुर विककाे छ । घरमा सुतेको थिए एक्काशी आएर उनीहरुले कुटेको भक्त बताउँछन् । बुवा–आमा घरमै सुतेको बेला गएराती कुटिएको उनका छोरी कृष्णा सुनारले पनि बताइन् । उहाँहरू कुटिदा म अाफ्नाे (विवाह गरेकाे घर) घरमा थिए भाइले अन्तरजातिय विवाह गरेकै कारण बुवा-अाामाले रक्ताम्य हुने गरी कुटाइ खानु परेकाे दुखेसाे पाेखिन् । बलबहादुर विकले गत जेठमा दैलेखको दुल्लु नगरपालिका छडुङ्गका रम्वा शाहीसंग विवाह गरेको कृष्णाले जानकारी दिइन् ।

आफन्तले गत शनिवार घरमै आएर अन्तरजातिय विवाह गर्ने भन्दै गालीगलौज गरेर रम्बालाई फिर्ता लिएको आरोप समेत उनको छ । तर गएराती उनका आमा बुवालाई १२ बजे कुटपिट गरेर भाईलाई अपहरण गरेर लगेको उनी बताउँछन् ।

‘उनीहरुले नै मेरो आमा र बुवालाई कुटपिट गरेका हुन्’ कृष्णाले भनिन्,–‘राती बुवा–आमा घाइते अवस्थामा बारीमा पल्टिनु भएको थियो तर भाइलाई भने उनीहरुले नै अपहरण गरेर लगिसकेका थिए, भाइको अवस्था के छ हामीलाई थाहा छैन् ।’

घाईते भक्त र अमृताको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । उनीहरुको टाउको, छाती र हातमा चोट लागेको कृष्णाको भनाई छ ।

के भन्छन् केटी पक्षका अाफन्त ?
रम्बा शाहीकी दिदी विष्णाकुमारी शाहीले बहिनीलाई फिर्ता लिएको स्वीकार गरेकी छन् । बहिनीको पहिला अछाममा विवाह भएको र उनको ४ वर्षको छोरा भएको बताएकी उनले सुर्खेतमा अन्तरजातिय विवाह गरेकै कारण बहिनी फिर्ता भने नलिएको जानकारी दिइन् ।

‘हामीले जातभातको कुरा गरेकै छैनौं, बरु बलबहादुरले बहिनीसहित तीन जनासंग विवाह गरेकाले त्यस्तो घरमा कसरी बस्न सक्छन भनेर बहिनीलाई फिर्ता लिएर आएर आएका हौं,’ उनले भनिन् ।

‘एकै व्यक्तिले तीन-तीन जना श्रीमती भित्राएर अर्काे घरबार उजाड बनाउने अाज बहिनी लिँदा अन्तरजातिय कारण देखाएर हामीले मुछ्ने’ विष्णाले भनिन्,-‘बहिनी लिएकै हाैं, हामीले उनीहरूलार्इ कुटपिट गरेकै छैनाैं, हामी माथि अाराेप लगाउनु गलत हाे ।’

बलबहादुरका आमाबुवा कुटिएका विषयमा आफूलाई जानकारी नभएको बताइन् । उनले २४ गते बराहतालको दमारेमा गएर बहिनी ल्याएपनि पुनः फर्किएर त्यो ठाउँ नगएको र उनीहरुलाई आफूहरुले कुटपिट नगरेको दावी गरिन् । बलबहादुरलाई आफूले अपहरण नगरेको उनको तर्क छ । यता बलबहादुरका आफन्तले भने, रम्बाका आफन्तले नै आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै आएका छन् ।