☰ open Loading... 18 November 2024|  

स्वास्थ्यकर्मीले चासो नदिँदा अलपत्र एक्सरे मेसिन
  | २९ भाद्र २०७४, बिहीबार १०:४६

हिमा गाउँपालिका स्थित कालीकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष ०६७÷०६८ मा ७ लाख रुपैया खरीद गरेका एक्सरे मेसिन र २ लाखमा जेनेरेटर खरिद गरिएको थियो । नागरिकलाई गाउँबाट सदरमुकाम जाने झन्झट बाट मुक्त गर्न तथा भनकै समयमा सेवा पाउन भन्ने उद्देश्यले मेसिन खरिद गरिएको थियो ।

त्यतिबेला कालिकाखेतुका स्थानियले राहातको महसुश समेत गरेका थिए । एक्सरे बनाउनकै लागि सदमुकाम धाउनु पर्ने अबस्था नरहेको भन्दै खुसी भएका थिए । तर त्यसको दुई वर्षमै बिग्रीएको एक्सरे मेसिन अहिले सम्म संचालनमा आउन सकेको छैन । गाउँमै बसी एक्सरे सेवा लिने स्थानियको सपना दुई वर्षमै तुइयो । अहिले एक्सरे बनाउनकै लागि एक दिनको बास बस्नु पर्ने बाध्यता रहेकोे स्थानीय दिपेन्द्रबहादुर शाहीले बताए । तर स्वास्थ्य कर्मीेले नै चासो नदिँदा एक्सरे मेसिन अmपत्र परेको स्थानियको आरोप छ ।

उनले भने मेसिन बिग्रीएको ५ वर्ष बढि समय भईसक्दा पनि अहिले सम्म पुन मर्मत नहुँदा मंहगो पैसा तिरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक्सरे गर्नु पर्ने कालिकाखेतु बासीको बाध्यता बनेको बताए । तीन शैया भएको प्रथामिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा मेसिन बिग्रीएको ५ वर्ष बढि भईसक्दा पनि संचालन नहँुदा दिनहु विरामी फर्कने गरेका छन ।

यता कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रका सिअहेब देवानन्द तिमिल्सीना भन्छन मर्मत रकमका अभाबले एक्सरे मेसिन प्रयोग थिएन । र अहिले गाविसले ४ लाख रुपैया विनियोजित गरेको दशै लगतै मर्मत गरी मेसिन प्रयोगमा ल्याउने बताए । तर अर्का तर्फ मर्मतको लागि बजेट छुटाएपनि स्वास्थ्य कर्मीको इच्छाशक्ति नभएका कारण मेसिन प्रयोगमा आउन नसकेको आरोप छ ।

खोजेको औषधी पाउदैनन स्थानिय

जुम्लाका स्वास्थ्य चौकीबाट स्थानियले खोजेको औषधीनै पाउदैन । स्वास्थ्य चौकीमा चेक गराई निशुल्क पाईने त्यहि औषधी नजिकैको मेडिकmल बाट किन्नु पर्ने स्थानिय को बाध्यता छ । त्यस्तै समस्या हाल जुम्लाको कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा देखिएको छ । स्थानिय मान बहादुर शाहि भन्छन, स्वास्थ्य केन्द्रमा विरामी उपचारका लागि आउन्छन् ।
उपचार गराएपनि औषधी पाउदैनन । प्रथामिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि निशुल्क पाईने भएपनि विरामीहरु भने मेडिकलमा औषधि किन्न जानुपर्ने बाध्यता रहेको शाहिले गुनासो गरे । तर हिमा गाउँपालिकाले त्यहाको स्वास्थ्य अबस्थामा देखिएको समस्या समधानका लागि गाउँसभाबाट १० छुटयाएको गाउँपालिका अध्यक्ष रज बहादुर शाहिले बताए ।