☰ open Loading... 2 May 2024|  

न्याय माग्दै युवती सदरमुकाम, अभियूक्त फरार
  | ३० भाद्र २०७४, शुक्रबार २०:२०

सागर परियार
जुम्ला । जुम्लाकी एक किशोरीले शुक्रबार पत्रकार सम्मेलन मार्फत न्याय दिलाइन अपिल गरेकी छन् । जुम्लाकै एक २३ बर्षिय युवकले आफुलाई जबरजस्ती करणी गरेको बताउदै ति १९ बर्षिय किशोरीले न्याय दिलाउन अपिल गरेकी हुन् ।

किशाेरीले अाफूलार्इ जबरजस्ती करणी गरेको घटना प्रहरी कार्यालयमा उजूरी दिएकाे पाँच महिनासम्म न्याय नपाएकाे दुखेसाे पुगिन् ।

किशाेरीका अनुसार काठमाडौंको बौद्धस्थीत काेठा भाडामा बस्ता जुम्लाकै एक युवकले अहिले माया गर्छु, तर पछि बिहे समेत गर्छु भन्दै जबरजस्ती करणी गरेकाे जाहेरी दिएकाे जानकारी दिइन् ।

आफुले न्याय नपाउन्जेलसम्म निरन्तर न्यायका लागि लडिरहने उनको भनाइ छ । घटना काठमाडौँमा घटेको भएपनि पिडित र पिडक दुवै जना जुम्लाका रहेको प्रहरीले जनाएकाे छ।

पिडकलाई सजाय र पिडितको न्यायका लागी सरोकारवालाहरुलाई सहयोग गरिदिन किशोरीले आग्रह गरेकी छिन् । यता जवजस्तीकरणी सम्मबन्धीको मुद्दा  दर्ता भए देखि नै अभियुक्त फरार रहेको र उनकाे खोजी कार्य जारी रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए ।

काठामाडौको महाबौद्धबाट खोजतलासको लागी पत्र आएको हुनाले जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकका प्रहरी समेत परिचालन बताएका उनले नेपालका सबै ठाउँमा हुलिया काटेर पठाएकाले आरोपित उम्कन नपाउने बताए ।