☰ open Loading... 3 May 2024|  

अखिल क्रान्तिकारी सुर्खेत हाेमियाे चुनावमा, कसलार्इ कहाँ दियाे जिम्मेवारी ?
  | ३ आश्विन २०७४, मंगलवार १८:०१

सुर्खेत । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुर्खेतले प्रदेश सभा र केन्द्रीय सभा निर्वाचन पार्टीको पक्षमा पार्नका लागि कार्यक्षेत्र विभाजन गरेको छ । पार्टी कार्यालयमा मंगलबार बसेको अखिल क्रान्तिकारी सुर्खेतको बैठकले प्रदेश र संघको निर्वाचनलाई विद्यार्थी केन्द्रित बनाउनका लागि सुर्खेतका सबै गाउपालिका र नगरपालिकाको सम्मेलन कात्तिक २५ गते सम्म सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त सम्मेलन सम्पन्न गर्नका लागि केन्द्रिय सदस्यहरुको संयोजकत्वमा कमिटि बनाएर कार्यक्षेत्र विभाजन गरेको हो । बैठकले पश्चिमको चौकुने गाउपालिका, बराहताल गाउपालिका र पन्चपुरी नगरपालिकामा केन्द्रिय सदस्य राधा बिकलाई ईन्चार्ज तोकेको छ ।

यस्तै अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष जगतराज ढकाल संयोजक छन्, भने सदस्यहरुमा भगवती जि.सी, पुष्पा सलामी र जगत शाही रहेको छन् ।

वीरेन्द्रनगर नगरपालिकामा केन्द्रिय सदस्य तिर्सना हमाललाई ईन्चार्ज र अखिल क्रान्तिकारीका जिल्ला सचीव चिरञ्जीवी गैरेलाई संयोजकको जिम्मेवारी दिईएको छ । सदस्यहरूमा सन्त बहादुर टमाटा, विष्णु के.सी, भिम गुरुङ, उमा वली, भगवती घर्तीमगर र पुष्कर गिरी रहेका छन् ।

यता चिङ्गाड गाउपालिका, लेकबेशी नगरपालिका र भेरिगङ्गा नगरपालिकाका लागि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महेश जि.सी.लाई ईन्चार्ज र जिल्ला उपाध्यक्ष जगत बिष्टलाई संयोजकको जिम्मेवारी दिईएको छ । यस्तै सदस्यहरुमा मिना शाही, कल्पना बस्नेत, कमल जि.सी, मिरा रोकाय र सिमा सिंङ्ग रहेका छन् ।

सिम्ता गाउपालिका र गुर्भाकोट नगरपालिकामा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य मोतीराम नेपालीलाई ईन्चार्ज र खेमराज बि.सीलाई संयोजकको जिम्मा दिईएको छ भने, सदस्यहरुमा कल्पना बिक, कमल मल्ल र शिवशक्ती वली रहेका छन् ।

बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक कृष्ण जिसी र पार्टीका विद्यार्थी फ्याक्सन इन्चार्ज ठम्मर बिष्टले विद्यार्थीहरुलाई पार्टीलाई आउँदो चुनावमा पहिलो बनाउने संगठन विस्तार गर्न निर्देशन दिएका छन् ।