☰ open Loading... 20 April 2024|  

परियोजना होल्ड होईन, निर्माण हुन्छ ः जिएमआए
  | ६ आश्विन २०७४, शुक्रबार १०:३७

डाव (दैलेख) ।  बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि वित्तिय ब्यवस्थापनमा जुटेका बेला विरोधी दल तथा स्थानीयहरुबाट नदि होल्ड गर्नका लागि जिएमआरले चलखेल गरेको आरोप लागिरहेका बेला निर्माणको जिम्मा पाएको भारतिय कम्पनी जिएमआरले नागरिकसंग नदि होल्ड गर्ने कुनै मनसाय नभएको प्रतिक्रिया नागरिक प्रतिनिधिसंग दिएको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाका निर्माण प्रमुख केके शर्माले निर्माण चरण हुनुपूर्व केही घटनाहरुले गर्दा ढिला भएपनि अव छिट्टै निर्माण हुने बताए । उनले कम्पनीले नदि होल्ड गर्ने कुनै मनसाय नभएको समेत प्रतिक्रिया दिए ।

‘आफुले पनि सुन्ने गरेको तर, जिएमआर जहाँ काम गर्न गएको त्यहाँ काम गरेर मात्र फर्किएको छ ।’ कर्णाली जलविद्युत परियोजनाका निर्माण प्रमुख केके शर्माले भने, ‘कामप्रति प्रतिवद्ध भएर जिएमआरले गर्छ । नदि होल्ड गरे कम्पनीलाई नै घाटा हुन्छ ।’ जिएमआरले नेपाल सरकारले नै पिडिएभन्दा बाहिर गएर जंगलको विषयमा दुई वटा नियम बनाएको आरोप लगाएको छ ।

लिजमा लिने ब्यवस्था पिडिएमा हुँदाहुँदै वन मन्त्रालयले जग्गाको साटो जग्गा नै दिनुपर्ने भनेपछि सरकार निर्णय बाँझिएको र काम गर्न ढिलाई भएको जिएमआरका प्रतिनिधि केके शर्माले नागरिकसंग भने । जिएमआरले धेरै प्रतिवद्धताहरु गरेकाले परियोजना बन्ने निश्चित रहेको जिएमआरले जनाएको छ । होल्ड गर्ने नभएर छिटो निर्माण गर्नका लागि नेपाल सरकारले काम ढिला गरेकाले जिएमआरले आफ्नै पहलमा जिएमआरले ५८ लाख खर्चेर अछाम भैरवस्थानका प्रभावित घरधुरीहरुको आफ्नै खर्चमा नापी गराएर लालपुर्जा दिलाएको जनाईएको छ । पिडिए अनुसार कर्णाली जलविद्युत आयोजनाले सन २०१६ मा वितिय ब्यवस्थापन जुटाएर २०१७ देखी निर्माण थाल्नुपर्नेछ । तर, वितिय ब्यवस्थापन नजुटेका कारण निर्माण अवधि बढ्ने देखीन्छ ।

अहिलेसम्म कम्पनीले वर्षातका अघि, वर्षातको बेला र वर्षात सकिएपछि पानीको अवस्था, यहाँ पाईने माछाको बाह्रै महिना अध्ययन गरिरहेको छ । त्यस्तै बेसलाइन सर्भे, प्रोजेक्ट पूर्वका आधारभूत कार्यहरु गरिरहेको निर्माण कम्पनी जिएमआएका एक ईन्जिनियरले बताए छ ।

स्वतन्त्र कन्सल्ट्यान्सी संस्था ईआए÷नेस जोयन्ट भेन्चर कम्पनीमार्फत् भौतिक, जैविक, सामाजिक, आर्थिक वस्तु÷संरचनाको सर्भे समेत गरिसकेको छ । पुनर्वास तथा पुनस्र्थापना लगायतका योजना सुरु भैईसके पनि सवैमाँझ पुग्न अँझै ३ महिना लाग्ने छ ।

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि सरकार र भारतीय कम्पनी जिएमआरबीच २०७१ असोज ३ मा पीडिए हस्ताक्षर भएको आयोजना १ खर्ब १६ अर्ब लागतमा निर्माण पुरा हुने अनुमान गरिएको छ । दैलेखको सात्तला डाबमा १६ फिट अग्लो ड्याम बनाई अढाई किमी सुरुङमाफर््त एक सय ५० मिटर तल पर्ने अछामको बल्देमा पानी खसालेर विद्युत उत्पादन गरिदैछ ।
क्याप्सन ः माथिल्लो कर्णाली जलविद्युत परियोजनाको ड्यामसाईट । तस्विर ः गोविन्द केसी÷नागरिक