☰ open Loading... 19 April 2024|  

तपाईको स्वास्थ्य बीमा गर्न छुट्ला नी ?
  | ६ आश्विन २०७४, शुक्रबार १५:२१

सुर्खेत । सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य वीमा) कार्यक्रम सुर्खेतपनि लागु भएको छ । नेपालको संविधान २०७२ को धारा ५१ (ज) को राज्यको नीति अन्र्तगत नागरिकलाई स्वास्थ्य उपचारमा पहँुच पु¥याउने उद्देश्यका साथ सुर्खेतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको हो ।

शुक्रबार वीरेन्द्रनगरमा सामाजिक सुरक्षा विकास समितिले एक कार्यक्रमको आयोजना गरी सदस्यता दर्ता शुभारम्भ गरिएको छ । ‘तपाईको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने मुलनाराका साथ आयोजन गरिएको कार्यक्रममा पहिलो सदस्यता वीरेन्द्रनगर नगरपालिका मयेर देवकुमार सुवेदी लिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले जनताको प्रत्येक्ष जीवनको स्वास्थ्यसंग जोडिएको स्वास्थ्य बीमालाई जिल्लाभर प्रभाकारी बनाउनका लागि आफु तर्फ बाट सहयोग गर्ने प्रतिवद्धता जनाए । अन्य विमाको तुलनामा स्वास्थ्य विमा महत्व छ, उनले भने, जिल्ला वासी कसैलाईपनि नछुटाउन आग्रह समेत गरे ।

यस्तै वीरेन्द्रनगर नगरपालिका नगर–प्रमुख देवकुमार सेवदीले नगरवासी सबैलाई स्वास्थ्य विमा गर्न नछुटाउन आग्रह समेत गरे । उनले भने–‘एक रातमा ३ हजार भन्दा बढी खर्च गछौँ, ‘ अब २ हजार ५ सय तिरेर परिवार आफ्नो स्वास्थ्य सुरक्षा गनुहोस ।’

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख मोहनप्रसाद देवकोटाले ४ सय जना स्वास्थ्य कर्मीहरुलाई बीमा सम्बन्धि तालिम दिएर जिल्लाका सबै स्थानीय तहहरुमा पठाई सकेको जानकारी दिए । जिल्लाका ९९ वडाहरूबाट वीमा भर्ने मिल्ने  व्यवस्था गरिएकाे छ । १५ जिल्लामा यस भन्दा अघि नै लागु भईसकेको कार्यक्रम यस आर्थिक वर्षको असोजबाट सुर्खेत सहित ६ जिल्ला लागु भएको छ ।

के हो स्वास्थ्य बिमा ?

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारले एक वर्षमा ५० हजार रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा पाँच जनाको परिवारलाई एक समूहको आधारमा दुई हजार पा“च सय रुपैया“ तिर्नुपर्ने नियम रहेको छ । सो रकम तिरेवापत सरकारी स्वास्थ्य संस्थाबाट एक वर्षभरी ५० हजार रुपैया“ बराबरको निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था मिलाइएको छ । प्रत्येक वर्ष स्वास्थ्य बीमा नविकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिल्लामा कहा—कहा यो सुविधा ?

सुर्खेतको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मेहकुना अस्पताल, अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र र सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबा यो सेवा लिन पाईने व्यवस्था गरिएको छ । यी अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए क्षेत्रीय अस्पतालबाट यो सेवा लिन पाउने व्यवस्था छ ।

कुनकुन रोगमा निःशुल्क उपचार सेवा ?

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, ईलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, साधारण चिरफार, टा“का लगाउने, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन् स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सिमासम्म निःशुल्क उपचार हुन्छ ।

त्यस्तै, मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुती, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधी, प्रेषण, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मृगौला, स्पाईनल तथा हाड ईन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुन्छ ।

निःशुल्क उपचार नहुने सेवाहरू

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भए पनि धुम्रपान, मध्यपान वा लागू पदार्थ सेवनका कारण भएको दुर्घटना, गर्भपतन सेवा, व्यक्तिगत झैझगडाका कारण भएको चोटपटक, कुत्रिम गर्भधान सेवा, लिङ्ग परिवर्तन सम्बन्धि सेवा, पाँँच सय रुपैयाँ भन्दा बढि मूल्यका चश्मा, सुन्ने यन्त्र र कस्मेटिक सर्जरी सेवा उपलब्ध नहुने जनाइएको छ ।