दैलेख जिल्लामा स्थानीय निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित भएको नेकपा एमाले र दोस्रो पार्टीका रुपमा रहेको नेपाली काँग्रेसका नेताहरुबीच आन्तरीक प्रतिस्पर्धा सुरु भएको छ । दैलेख जिल्लामा माओवादी केन्द्रको भने चर्चा चलिसकेको छैन । उम्मेदवार बन्नको लागि दैलेख जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनीधि सभाका लागि एमालेबाट सांसद अमरबहादुर थापा र पार्टी अध्यक्ष रविन्द्र शर्माले दाबी गरेका छन भने काँग्रेसबाट गणेश खड्का र जगतजंग थापाको दाबी रहेको श्रोत बताउँछ । सोही निर्वाचन क्षेत्रको प्रदेश तर्फ १ नम्बरमा एमालेबाट पूर्व जिविस सभापति भइसकेका टेकबहादुर खाँड र लोमन शर्माको दाबी छ भने काँग्रेसबाट खेमराज केसी र मणीराम रेग्मीको दाबी छ ।
यस्तै प्रदेश २ तर्फ २ नम्बरमा एमालेबाट मयाराम अधिकारी र हिमालयजंग शाहीको नाम चर्चामा आएको छ । नेपाली काँग्रेसबाट जिल्ला सभापति कृष्ण विसी र नरसिंह मल्लको दाबी छ । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट तर्फबाट राजबहादुर बुढा, सांसद लक्ष्मी प्रसाद पोखरेल र विनोद कुमार शाहको नाम चर्चामा आएको छ । यी मध्ये सांसद पोखरेलले दुल्लु नपामा चुनाव जिताउन नसकेको कार्यकर्ताले आरोप लगाउँदै आएका छन भने शाहकी श्रीमती जिल्ला समन्वय समितिको सहसंयोजक भइसकेकी छिन् ।
काँग्रेसबाट प्रतिनीधि सभाका लागि महादिवेशन प्रतिनीधि एवम् पुर्व जिल्ला विकास समिति सदस्य दीपालकुमार शाही, मधुविक्रम खनाल र हिमबहादुर शाहीको नाम चर्चांमा आएको छ । यी मध्ये शाहीले यसअघि तीन मध्य पटक चुनावमा लडेतापनि हार व्यहोरेका थिए ।
प्रदेश तर्फ १ नम्बरकालागि एमालेबाट केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजाल, रुद्रबहादुर शाही, शुशिल थापा र तिलक रिजालको नाम आएको छ । बहुचर्चित एमाले नेता विष्णु रिजाल एक कुशल संगठकको रुपमा स्थापित भएका व्यक्ति हुन । उनको सक्रियतामा भैरवी गाउापालिकामा एमालेले विजयको झण्डा गाड्न सफल भएको थियो भने रुद्रबहादुर शाहीले दुल्लु मेयर पदकालागि उम्मेदवारी दिएका भए पनि स्थायी कमिटिले टिकट बरुनाथ योगीलाई दिएको थियो । यस्तै काँग्रेसबाट भरत रिजाल, एकेन्द्र पन्त र प्रेमबहादुर विष्टले दाबी गरिरहेका तर यी मध्ये विष्ट बलियो रहेका स्रोतले जनायो । प्रदेश २ का लागि एमालेबाट ओमजंङ्ग शाही, सुर्यबहादुर शाही, योगेन्द्र शाही र राजबहादुर शाहीको नाम चर्चामा आएको छ । यी मध्ये माओवादी द्वन्दमा सर्वस्वहरण गरिएका ओमजंङ्ग शाही आठबीस नगरपालिकाको मेयरमा दावी गरेतापनि अन्तिम अवस्थामा प्रदेश कमिटिले खड्गराज उपाध्यायले टिकट पाए । माओवादी द्वन्दमा पिडित राजबहादुर शाही, पुर्व जिविस उपसभापति सुर्यबहादुर शाही र युवा नेताको रुपमा योगेन्द्र शाहीको दाबी रहेको छ ।
काँग्रेसबाट नेपाल विद्यर्थी संघका सह–महामन्त्री ईश्वरबहादुर विष्ट, जिल्ला कार्यस समितिका सचिव भुपेन्द्र शाही, शेरबहादुर शाही र प्रिति शाहीको नाम चर्चामा छ । यी मध्य विद्यार्थी नेता विष्ट पछिल्लो समय सबैका लाेक लोकप्रिय नेता हुन । प्रिति शाही भने शिक्षक सेवाबाट राजीनामा दिएर आएका हुन । अन्य दुवै जना राजनीतिमा नै संलग्न रहेका छन् ।