☰ open Loading... 18 November 2024|  

खुदिमु घाेषणा भएकाे जिल्लाकाे हविगत : ४४ प्रतिशत घरधुरी जंगलमै गर्छन साैच
  | ७ आश्विन २०७४, शनिबार १९:५९

सागर परियार
जुम्ला । जुम्लाका झण्डै ४४ प्रतिशत घरधुरी अझै शौचालयविहिन रहेकाे तथ्य खुलेकाे छ । जग्गा नपाएर तथा प्रयोग गर्ने बानीको वकास नभएका कारण शौचालय विहिन भएको हुन सक्ने सरोकारवालाहरुले बताएका छन । जिल्ला लाई खुला दिसामुक्त (खुदिमु) घोषणा भईसक्दा पनि अझै नागरिक शौचालय बिहिन पुर्ण सरसफाई जिल्ला घोषणाको लागि चुनौती भएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख टंक सोडारीले जानकारी दिए ।

उनले भने गाउँमा निमार्ण गरिएका शौचालयमा प्रयोग गर्ने बानीको विकास नभएका कारण पनि शौचालय प्रयोग नगर्नेको संख्या बढ्दै गएको तथ्यांक सार्वजानिक भएकोे छ । खुला दिशामुक्त वडा तथा गाविस घोषणा पश्चात त्यसको कार्यान्वय पक्ष फितलो भएकाले पनि सरसफाई क्षेत्रमा चुनौती थपिदै गएको नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले बताए ।

खानेपानी तथा सरसफाई स्वछता समन्वय समितिका अध्यक्ष तथा जिससका प्रमुख लाल बहादुर सार्कीले रहेक स्थानिय तहले शौचालय बिहिन घरधुरीको लाई शौचालय स्थापनाको लागि पहल गर्न सुझाब दिए । उनले स्थानियको आनीबानीमा परिर्वतन नभए सम्म शौचालयको प्रयोगमा बृद्धिनै नहुने भन्दै त्यसता जनचेतना मुलक कार्यक्रम तर्फ स्थानिय तहले ध्यान दिन समेत जोड दिए  ।

एसएनभी जुम्लाका वास सल्लाहकार टिकाराम खड्का अनुसार अझै पनि जुम्लाका ४४ प्रतिशत घरधुरी शौचालय बिहिन छन भने निमार्ण गरेका मध्य पनि २५ प्रतिशतले अझै शौचालय प्रयोग नगर्ने गरेको बताए ।

सरसफाई रणनितिबारे जानकारी दिदै उनले अहिले सम्म नेपालका जम्मा ३ हजार १ सय ५७ मध्य २ हजार ५ सय ६४ गाविस मात्रैै खुला दिसामुक्त घोषणा भएको बताए । नेपालभर अझै ५ सय ९३ गाविस दिसा मुक्त घोषणा हुन बाँकी रहेका छन । जुम्ला जिल्ला २०७२ साल फागुन २० गते नेपालको ३४ औ जिल्लाको रुपमा खुल्ला दिसामुत्त जिल्ला घोषणा भएको हो ।