सुर्खेत । हुम्लाको सिमिकोट जोड्ने निर्माणाधिन कर्णाली करिडोरको जिरो प्वाइन्टमा पक्की पुल नबन्दा निर्माणमा ढिलाई भएको रक्षामन्त्री भिमसेन दास प्रधानले बताएका छन् ।
कर्णाली करिडोरको निरिक्षण पश्चात प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री प्रधानले करिडोरको जिरो प्वाइन्ट कालिकोटको लालुमा हालसम्म पुल नबन्दा माथिल्लो क्षेत्रको सडक निर्माणमा ढिलाई भएको बताएका हुन् ।
सडक निर्माणमा अावश्यक सामग्री हवाइ मार्गबाटै ढुवानी गर्नुपर्ने बाध्यताले सडक निर्माणमा ढिलाइ भएकाे उनले जानकारी दिए । सडक विभागसंग बसेर पुल निर्माण कार्यलार्इ तिव्रता दिन पहल थाल्ने उनकाे भनाइ छ ।
उनले ४ वर्ष अघि नै सडक विभागले ठेकेदारलाई पुल निर्माणको जिम्मा दिएपनि हालसम्म निर्माण नगरिनु गलत भएको उल्लेख गरे ।उत्तरी तिव्वतको मानसरोवर हुँदै दक्षिणी नाका भारतको जमुनाहा जोड्ने त्रिदेशीय सडकमा ठेकेदारले काम नगुर्नको कारण माग गरिएको बताए ।
कालिकोटको लालु, बाजुराहुँदै हुम्लाको सिमिकोट जोड्ने राष्ट्रिय गौरवको आयोजनाको १९६ किलोमिटिर सडकमध्य १४५ किलिमिटर सडक नेपाली सेनाले तिव्रगतिमा काम जारी राखेको रक्षामन्त्री प्रधानले जानकारी दिए ।
२०७१ सालबाट निर्माण थालिएको हुम्ला सडकमा ८ वटा पुलको काम तत्काल सम्पन्न गर्न पहली सरोकारवाला निकायसंग पहल गर्ने प्रधानले प्रतिवद्धता जनाए ।
यो सडकको खुलालु, शान्तिघाट, फूगाड, भक्का, जुड्डीगाट, कुन्डा र कुवाडी खोलामा पुल निर्माण हुन बाँकी रहेको रक्षामन्त्री प्रधानले बताए । अवको दुई वर्षमा हुम्लाको सिमिकोटसम्म मोटर पुग्ने बताए । रक्षामन्त्रीसंगै योजना आयोगका सदस्य हरिण्य प्रधानर अछामका सांसद् बद्री पाण्डेले कर्णाली करिडोरको निरिक्षणमा गएका थिए ।