☰ open Loading... 3 May 2024|  

स्थानीय तह वडा सचिव हकहितको संयोजकमा अधिकारी
  | ८ आश्विन २०७४, आईतवार १९:१५

सुर्खेत । स्थानीय तह वडा सचिव हकहित संरक्षण केन्द्र सुर्खेतको तदर्थ समितिको संयोजकमा तिलकराम अधिकारी चयन भएका छन् । जिल्लाभरीका वडा सचिवहरुको आइतबार वीरेन्द्रनगरमा भएको भेलाले अधिकारीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सदस्यमा लेखबेसीका तिकलराम आचार्य, पञ्चपुरीका चुडामणि कँडेल, चौकुनेका मिनबहादुर भण्डारी, बराहतालका आन्नदप्रसाद चपाई, सिम्ताका थिरबहादुर सुनार, भेरीगंगाका पिताम्वर पौडेल, गुर्भाकोटका ठगेन्द्र खत्री, चिङ्गाढका विष्णु बुढा र वीरेन्द्रनगर नगरपालिकाबाट नवराज शर्मा तथा गीता चपाई चयन भएका छन् ।

नव गठित समितिले वडा सचिवहरुलाई गोलबन्द गरी हक, हित र अधिकार प्राप्तिका लागि आवाज बुलन्द गर्ने बताएको छ । समितिका संयोजक अधिकारीले तिहारपछि तदर्थ समितिलाई पूर्णता दिनुका साथै सेवाप्रवाहलाई व्यवस्थित गरिने जानकारी दिए ।