बुद्धिमान पुन
असोज । सल्यानको त्रिबेणी गाउपालिका १ काभ्रा कोल्चौर कि सुन्तली रोकाले सुत्केरी हुन स्वास्थ्य चौकीमा आउदा समस्या हुने गरेको बताइन । उनले स्वास्थ्य चौकी काभ्रामा प्रसुती गृह स्थापना भएको तर बेड नहुदाँ समस्या हुने गरेको बताएका हुन ।
‘गाँउघर बाट सुत्केरी बनाउनको लागी यहाँ स्टेचरमा बोकेर यहाँ सम्म ल्याउछौँ, तर यहाँ एउटा मात्रै बेड छ, निकै समस्या हुन्छ,’ उनले भनिन । यस्तै महिला स्वास्थ्य स्वयमसेविका हुकुमी बोहराले पनि गाँउघर बाट सुत्केरी हुन स्वास्थ्य चौकीमा आउदा समस्या हुने गरेको बताइन ।
‘यस स्वास्थ्य चौकीमा सुत्केरी बनाउन प्रयोग गरिने बेड र भवनको आबश्यकता छ,’ उनले भनिन, ‘स्वास्थ्य चौकीमा प्रसुती गृह सञ्चालन भएको स्वास्थ्य चौकी काभ्रामा सुत्केरी बनाउन प्रयोग गरिने बेड एउटा मात्रै छ ।’
उनले बेड नहुदाँ एकै पटक दुई तीन जना सुत्केरी हुन आउदा पालो पर्खेर बस्नु पर्ने बाध्यता रहेको बताइन । ‘कहिले काही एकै दिनमा दुई तीन जना सुत्केरी हुन आउनु हुन्छ, समस्या हुन्छ, सुत्केरी बनाउने बेड एउटा मात्रै छ, पालो पर्खनु पर्छ,’ उनले भनिन, ‘सुत्केरी भए पश्चात आराम गर्ने, गर्भबती जाँच गर्ने, ईमरजेन्सी बिरामीहरु आउदा आराम गराउने बेड पनि एउटै छ ।’
महिला स्वास्थ्य स्वयमसेविका बोहराले स्वास्थ्य चौकीमा बेडको अभाब हुदाँ सुत्केरी तथा गर्भवतीले समस्या भोग्नु परेको बताइन् । उनले स्वास्थ्य चौकीमा नै जनताले समस्या भोग्नु दुखको कुरा भएको बताउदैँ समस्या समाधान गर्न आग्रह गरिन ।
स्वास्थ्य चौकी काभ्राका ईन्चार्ज रबिन्द्र नेपालीले पनि स्वास्थ्य चौकीमा आबश्यक बेड नहुदाँ सुत्केरी महिला तथा अन्य बिरामीहरुले समस्या भोग्नु परेको स्वीकार गरे । ‘केहि महिना अगाडी एकै दिनमा तीन जना सुत्केरी हुन आउनु भयो, यहाँ बेड र कोठाको आश्यकता भयो, पालैपाले सुत्केरी बनायौँ, आराम गराउने ठाँउ भएन, र ओपिडि कक्षको भुईमा बिस्तरा लगाएर आराम गरायौँ,’ उनले भने, ‘यहाँ बेड र भबनको अभाब छ ।’
उनले आबश्यक बेड खरिद र भवन निर्माणको लागी समय समयमा सरोकारवाला निकायहरु सँग माग गर्ने गरेको बताए । ईन्चार्ज नेपालीले यस आर्थिक बर्षमा पनि बेड खरिद तथा भवन निर्माणको लागी आबश्यक बजेटको माग गरेको बजेट बिनियोजन समेत भएको बताए ।
यसैबिच त्रिबेणी गाउपालिका १ का वडा अध्यक्ष छबिलाल खत्रीले स्वास्थ्य चौकी काभ्राको भौतिक सुधारको लागी बजेट बिनियोजन गरिएको बताए । उनले स्वास्थ्य चौकीको भवन निर्माणको लागी दुई लाख सहित चार लाख पचास हजार बजेट बिनियोजन गरेको बताए । साथै उनले अब तत्काले कामको शुरुवात गरिने समेत बताए ।