☰ open Loading... 18 November 2024|  

दुर्घटना राेक्न कर्णाली राजमार्गमा छड्के गस्ती
  | १० आश्विन २०७४, मंगलवार ०९:४१

सुर्खेत । कर्णाली राजमार्गमा हुने सवारी दुर्घटनालाई रोक्न प्रहरीले सञ्चालन गरेको हाईवे गस्तीलाई निरन्तरता दिएको छ । प्रहरीले सुर्खेत वीरेन्द्रनगरको बाङ्गेसिमल देखी ओदालताल, बड्डिचौर हुदै सुर्खेत र दैलेख जिल्लाको सिमाना सम्म सवार रहेका सवारीलाई चेकजाँच गरेको हो ।

नियम बिपरित चलेका सवारी साधनलाई नियममा रहनका लागी आग्रह गर्दै राजमार्गमा हुने सवारी दुर्घटनालाई कमि ल्याउने उदेश्यले हाईवे गस्ती सञचालन गरीयको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कविराम सेन्चुरीले जानकारी दिए ।

चाडपर्वको समयमा हुने मनोमानी भाडा र यात्रु धेरै राख्ने यातायात व्यवसायीलाई नियमन गरी दुर्घटना रोक्नका लागि गस्ती संचालन गरिएको उनले बताए ।

प्रहरीको अनुगमनका क्रममा यात्रुबाहक बसले सिट क्षमता भन्दा धेरै यात्रु राखेको, रुट परमीट बिना नै मालबाहक सवारी साधन चलायको, नयाँ गाडी खरीद गरेको महिनौ बितिसक्दा पनि नम्बर प्लेट नलियको पाईएको छ ।

त्यस्ता नियम बिपरीतका गतीबिधी गर्ने सवारी साधनका चालकलाई हाइवे गस्तीमा खटियको प्रहरी टोलीले आगामी दिनमा यस्ता गतिविधी गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिदै नियम अनुसारको नगद जरिवान गरिएको सञ्चुरीले बताए । प्रमुख सेन्चुरीले दुर्घटना कम गर्नका लागी यातायात व्यवसायी र स्वयम नागरिक नै सचेत हुनुपर्ने बताए ।

उनले प्रहरी को कारबाहीले मात्रै दुर्घटना कम गर्न नसकिने भन्दै आफुहरुले जनचेतना जगाउने काम पनि गरिरहेको जानकारी दिए । गस्तीमा यातायात सेवा कार्यालय सुर्खेतका प्रमुख श्रीशम्शेर राना, सोहि कार्यालयका घनश्याम बोगटी, मध्यपश्चिम जिप यातायात समितिका सचिव मोहन सिंह गुरुङ,काक्रेबिहार यातायात समितिका सदस्य गोबिन्द सापकोटा, देउती नागरिक यातायात समितिका नमराज आचार्य लगायको उपस्थिती थियो । गस्तीका क्रममा यात्रुबाट व्यवसायी लिने भाडा, मापसे गरे नगरेको, रुट अनुसार चले नचलेको अनुगमन गरिएको छ ।