दैलेख – नेपाल निजामती कर्मचारी संगठनले दैलेख जिल्लामा खेलाएको उपहार कार्यक्रममा दैलेखबाट पाएका पुरस्कार पाएकाहरुलाई बधाई तथा विजेता घोषणा गरिएको छ । रिपोर्टर्स क्लव दैलेखमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष तिर्थ जिसीले काठमाडौं खोलिएको चिठ्ठामा पुरस्कृत हुन सफल दैलेखका कर्मचारीहरुलाई बधाई दिएका हुन् ।
उपहार रसिद न ४५१७४ बाट जिल्ला स्वास्थ्य कार्यालयका आशा पुरी लाई दोश्रो पुरस्कार वापतको स्कुटर र रसिद न ४५०५२ का जिल्ला स्वास्थ्य कार्यालयकै दैलेखका सुजता राईलाई सान्त्वना पुरस्कार मोवाईल सेट थान १ एक प्राप्त गर्न सफल भएकोले दुवै जनालाई हार्दिक वधाई कार्यक्रम मार्फत दिईएको हो ।
उनीहरुलाई छिट्टै एक कार्यक्रम गरि उपहार दिने रिपोर्टर्स क्लव दैलेखमा नेपाल निजामती कर्मचारी संगठनले गरेको एक कार्यक्रममा बताईयो । कर्मचारी संगठनले कार्यक्रममा विजया दशमी तथा २०७४ सालको शुभकामना समेत सवै कर्मचारी तथा जिल्लाबासीहरुमा दिईएको थियो ।
कर्मचारीको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले दुई चार दिनमै निजामती ऐन संम्सोधन हुँदैछ यो उपलब्धि रहेको र संगठन प्रमुखको माग भनेको स्थानीय तहमा वर्षौदेखी काम गर्दै आएका कर्मचारीलाई एक तह बढुवा अनिवार्य हुनुपर्ने, प्रदेश लोक सेवा आयोग गठनपछि स्थानीय तहमा कार्यरक्त अस्थाई करार कर्मचारीको आन्तरिकको प्रतिष्प्रर्धाबाट स्थायी गराउनुपर्ने उक्त प्रतिष्पर्धाबाट सफल हुन नसके उपहार दिएर सेवाबाट अवकाश दिनुपर्ने अध्यक्ष जिसीले कार्यक्रममा बताए ।