☰ open Loading... 18 November 2024|  

संघ र प्रदेश उम्मेद्वार बलियो छान्न सुझाव
  | १६ आश्विन २०७४, सोमबार १६:२८

दैलेख – प्रदेश र संघ चुनावका लागि नेपाली काँग्रेस दैलेखले स्थानीय तहदेखी नै उम्मेदवारी छानेको छ । ईच्छुक उम्मेदवार स्थानीय तह हुँदै आउने र क्षेत्रिय पार्टी कार्यालयबाट टुंगाईने र उम्मेदवार बढी भए केन्द्रमा पठाउने तय भएको छ ।

दुल्लुनगर पालिकामा नेपाली काँग्रेसबाट संघ र प्रदेशका लागि उम्मेद्वार छान्न बसेको बैंठक । तस्विर ः पश्चिमनेपाल डटकम

दुल्लु र दैलेख बजारमा उम्मेदवारी हुन ईच्छुकहरुको आवेदनहरु धेरै परेको श्रोतले बताएको छ ।

काँग्रेस समर्थित मतदाताहरुले नातावाद, पैसावालाभन्दा पनि कार्यकर्तामाँझ भिजेको बलियो उम्मेदवार छान्नुपर्ने सुझाव दिएका छन् । स्थानीय तहको चुनावमा राजनितिमा शक्ति हावी भएका र नातावाद लगाएर टिकट दिएका कारण धेरै ठाँउमा हार ब्यहोर्नु परेको कार्यकर्ताहरुको भनाई छ ।

गाँउमा जानु नपर्ने, मतदाताहरु दुःख सुख नझेलेको, बजारमा कार्यकर्ता देखेर भाग्ने र कार्यकर्ताको काम गर्दा होस या उपभोक्ता समिति बनाएर अध्यक्षबाट पैसा उठाउने नेताहरुलाई संघ र प्रदेशको चुनावमा नउठाउन कार्यकर्ताहरुले काँग्रेस नेताबाट अपेक्षा गरेका छन् । कार्यकर्तामाँझ छवि राम्रो नभएकाहरु पनि उम्मेदवारी दिएर औसिएका छन् ।

कार्यकर्ताहरुले टिकट नपाएर पार्टी उम्मेदवारलाई धोका दिने, वागी उठ्नेलाई चौविस घण्टाभित्रै कार्वाही गरि पार्टीबाट हटाउन समेत नेताहरुलाई सुझाव दिएका हुन् ।