☰ open Loading... 19 November 2024|  

लायन्स क्लवद्वारा नवज्योति संरक्षण केन्द्रलाई सहयोग
  | १९ आश्विन २०७४, बिहीबार ११:११

सुर्खेत । सुर्खेतमा रहेका लायन्स क्लवहरुले संयुक्त रुपमा नवज्योति बाल संरक्षण केन्द्रमा अध्ययनरत बालबालिकालाई स्टेशनरी तथा खाद्यन्न सहयोग गरेका छन् । लायन्स क्लवहरुको संयुक्त आयोजनामा नवज्योति बाल संरक्षणणको केन्द्रलाई ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

लायन्सले समाजसेवा कार्यलाई प्रभावकारी बनाउँदै लगेको छ भन्ने सन्देश दिन केन्द्रका बालबालिकाहरुका लागि स्टेशनरी र खाद्यन्न सहयोग गरेको लायन्स क्लव इन्टरनेश्नल ३२५ विटु अन्तरगत जोन ८३ का जोन चियरपर्सन हरिहर बस्नेतले जानकारी दिए ।

लामो समयदेखी लायन्सले सामाजिक क्षेत्रमा विभिन्न सहयोगी कार्यहरु गर्दै आएको जानकारी दिँदै उनले सानो सहयोगले केन्द्रमा आश्रित बालबालिकाहरुको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । केन्द्रलाई लायन्स क्लवहरुले कापी, कलम, खाद्यन्नमा चामल, तेल, नुन र भाडाहरु सहयोग गरेका थिए ।

२०५४ सालमा स्थापना भएको केन्द्रमा हाल २० बालिका र १८ बालकहरु संरक्षणमा रहेको केन्द्रका अध्यक्ष गोकुल गुरुङले जानकारी दिए । उनले आफूहरुसंग प्रयाप्त स्रोत साधन नभएको भन्दै यस्तै सहयोगी हातहरुबाट संकलन भएको राहत सामग्रीबाट केन्द्रमा आश्रित बालबालिकाहरुको संरक्षण गर्दै आएको बताए ।

कार्यक्रममा डिस्ट्रिक यरिया कोर्डिनेटर टिकाराम चपाईँ, सुर्खेतस्थित लायन्स क्लवका अध्यक्षहरुमा बुलबुलेका भद्र भण्डारी, काँक्रेविहारका गौमाया फौजा, भैरवस्थानका यामराज गिरी, छवि आचार्य, सुर्खेत भेरीका मुकुन्दश्याम गिरी लगायतको उपस्थिती थियो ।