एजेन्सी । पछिल्लो २४ घण्टामा पंचकूला पुलिसका चार अफिसरले राम रहिमकी कथित छोरी हनिप्रित इन्सासँग ९ घण्टासम्म सोधपुछ गर्यो । चार पुलिस अफिसरले दिनमा पाँचपटक भिन्न–भिन्न सोधपुछ गरे ।
६० भन्दा बढि प्रश्न सोधियो तर कुनै पनि प्रश्नको जवाफ पाइएन । हनिप्रितले टाउको दुखेको बहाना गरेर चिया र औषधीको माग गरिन् । पुलिस कमिश्नरका अनुसार उनी प्रश्नको जवाफ सही तरिकाले दिइरहेकी छैनन् । डाक्टरको समूहले उनको उपचार गरे । रक्तचाप र इसीजी दुबै साधारण छन् ।
हनिप्रितले सोधपुछमा भनिन्, ‘हो, मेरो योजना पक्कै थियो तर….. (चुप भइन्)
पुलिसः डेरेका मानिसहरुलाई पंचकूला बोलाइयो, कतिजना बोलाउने योजना थियो ?
हनिप्रितः यो योजना मेरो पक्कै थियो तर…. (चुप भइन्)
पुलिसः कतिजनालाई पंचकूलामा यस्तो योजना भइरहेको छ भन्ने जानकारी दिइयो ?
हनिप्रितः (पहिला चुप भइन्, त्यसपछि भनिन्) मानिसहरु त यहाँ आउँथे नै ।
पुलिसः कस्ता नम्बर प्रयोग भए ?
हनिप्रितः मसँग जुन नम्बर पहिले देखि नै थियो, त्यही नै प्रयोग भयो । त्यसपछि मेरो फोन बिग्रियो र एउटा नम्बर बन्द भयो ।
पुलिसः आदित्यसँग अन्तिम पटक कहिले भेट भयो ?
हनिप्रितः थाहा छैन कहिले भेटेकी थिएँ, केही याद आइरहेको छ्रैन ।
अन्य प्रश्नमाथि यस्तो जवाफ…
प्रश्नः तिम्रो अर्को मोबाइल खोइ ?
– अर्को मोबाइल ? …. त्यो त हरायो, कहाँ भन्ने मलाई थाहा छैन ।
प्रश्नः तिमीसँग गाडीको को–को थिए ?
– को को थिए मलाई थाहा छैन, उनीहरुको नाम याद छैन ।