| २१ आश्विन २०७४, शनिबार १८:२२
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) राजधानीका निजी कलेजलाई सम्बन्धन दिएको विरुद्धमा सर्वोच्च अदालतमा पुनः अर्को रिट दायर भएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा काठमाडौंस्थित ग्लोबल इन्टरनेसनल कलेजले बिबिए प्रथम वर्षका लागि भर्ना खुलाएकाले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गर्दै अधिवक्ता जगदिश आचार्यले रिट दायर गरेका हुन् ।
रिट निवेदनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेत, सिनेट, उपकूलपति प्रा. उपेन्द्रकुमार कोइराला, ग्लोबल इन्टरनेशनल कलेज, नेपाल इन्जिनियरिंग कलेज र पे्रसिडेन्सियल बिजिनेस गु्रपलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि आइतबार पेशी तोकेको छ ।