| २१ आश्विन २०७४, शनिबार १९:१५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जबराले नेपालमा वामपन्थी र प्रजातन्त्रवादी शक्तिबीचको धु्रवीकरणभन्दा पनि संघीय गणतन्त्र तथा शिशु संविधानलाई संस्थागत गर्न सबै पार्टीबीच सहकार्य आवश्यक भएको बताएका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा राणाले वामपन्थी शक्तिहरुले गठबन्धन गरेपछि प्रजातन्त्रवादी शक्तिको गठबन्धनमा आफ्नो पार्टी सहभागी भइसकेको, तर लोकतन्त्रवादीको गठबन्धन कसैप्रति लक्षित नभएको बताए ।
लोकतन्त्रवादी र वामपन्थीहरुको गठबन्धनबाट मुलुकलाई स्थिरतातर्फ लैजाने विश्वास व्यक्त गर्दै नेता राणाले यसले नै मुलुकमा दीर्घकालीन योजना तयार गर्नुका साथै विकास र समृद्धि गर्ने मौका पाइने बताए ।