सुर्खेत । वैकल्पिक राजनीतिक शक्तिको रुपमा विवेकशील साझा पार्टी स्थापना भएसँगै यो पार्टीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको छ । सुर्खेतका पुराना काँग्रेस कार्यकर्ता भुवानी प्रसाद दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन । उनी काँग्रेस सुर्खेतका संस्थापक सदस्य समेत हुन ।
दाहालसंगै वीरेन्द्रनगर जेसीसका बर्ष १९९५ का अध्यक्ष खगेन्द्र प्रसाद दाहाल, काँग्रेस कार्यकर्ताहरु झुपलाल दाहाल, कपिल प्रसाद दाहाल, तिलकप्रसाद दाहाल र खुमप्रसाद दाहाल पनि विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन । प्रदेश नं ६ को कार्यालय वीरेन्द्रनगरमा आयोजित विशेष कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन ।
काँग्रेसले स्थापनाको सात दशक वितिसक्दा निष्ठाको राजनीति त्यागेको गुटबन्दीमा फसेको पटक पटक सत्ताको नेतृत्व गर्दा देश समृद्ध बनाउन नसकेकाले आँफुहरुले काँग्रेस परित्याग गर्नुपरेको नवप्रवेशी भुवानी प्रसाद दाहालले बताए ।
पार्टी प्रवेश गर्नेहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. ६ का संयोजक गेहेन्द्र प्रसाद दाहाल र जिल्ला संयोजक ओमदत्त रेग्मीले माटोको टिका लगाई सदस्यता हस्तान्तरण गरेका थिए ।
विशेष कार्यक्रममामा युवा नेता निर्मल केसीलाई ६ नं. प्रदेशको संगठन विभाग प्रमुखको जिम्वेवारी समेत दिईएको थियो । सुर्खेत क्षेत्र नं. २ का संयोजक पदम खनालले सञ्चालन गरेको कार्यक्रमलाई प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहाल, जिल्ला संयोजक ओमदत्त रेग्मी, प्रदेश नं६ का संगठन विभाग प्रमुख निर्मल केसी, क्षेत्र नं१ का संयोजक दीपक रेग्मी ( सुर्यदीप ) लगायतले संवोधन गरेका थिए ।
आसन्न प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनको तिव्र तयारी थालेको विवेकशील साझा पार्टीले सुर्खेत र प्रदेश नं. ६ मा संगठन निर्माणलाई पनि तिव्रता दिएको छ ।