| २२ आश्विन २०७४, आईतवार १९:०३
सुर्खेत । दैलेख सदरमुकाम नारायण नगरपालिका-१ मा रहेकाे जिल्ला कारागारमा तनाव उत्पन्न भएकाे छ । कारागार सुरक्षामा रहेका प्रहरी र कारागारका चाैकादारविच सामान्य विवादमा प्रहरीले गाेली हान्ने धम्की दिएपछि तनाव भएकाे स्थानीयले बताएका छन् ।
यता जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरी देवकाेटाले कारागारका चाैकीदार जीवन शाहीले मदिरा सेवन गरेर प्रवेश गर्न थालेपछि प्रहरीले सम्झाउन खाेज्दा विवाद भएकाे जानकारी दिए ।
‘शाहीले बाहिरबाट मादक पदार्थ सेवन गरेर भित्र जाँदा प्रहरीविच विवाद भएकाे रहेछ’ देवकाेटाले भने,-‘प्रहरी सम्झाएका भरमा अन्य कैदीबन्दीलार्इ उस्काएर नाराबाजी गर्न लगाएकाे सत्य हाे ।’ उनले कारागारमा रहेका कैदीबन्दीहरूले केहीबेर बाहिर सनिने गरी नाराबाजी गरेकाे बताए । अहिले अवस्था सामान्य रहेकाे पनि देवकाेटाले जानकारी दिए ।