☰ open Loading... 18 May 2024|  

कस्तुरीको विनासहित २ पक्राउ
  | २३ आश्विन २०७४, सोमबार १६:२७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जुम्ला तिला गाउँपालिकाका–२ का चन्द्रबहाुर रावत र कर्ण बोहरालाई वीरेन्द्रनगरको पीपलचौताराबाट पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । एसपी आचार्यका अनुसार उनीहरुको साथबाट पाँच पिस विना बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाएको छ ।