बुद्धिमान पुन
सल्यान । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्बाचनको लागी सल्यानमा झण्डै ९ हजार मतदाता थपिएका छन् । मंसिरको १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्बाचनको लागी ८ हजार ९ सय ५६ जना मतदाता थपिएका हुन् ।
यस अघि सम्पन्न स्थानिय तह निर्बाचनमा सल्यानमा १ लाख, २५ हजार, २ सय ५६ जना मतादाता रहेका थिए । जसमा महिला ६१ हजार ७ सय ८७ जना र पुरुष ६३ हजार ४ सय ६९ जना रहेका थिए ।
जिल्ला निर्बाचन कार्यालय सल्यानका सुचना अधिकारी एकराज अधिकारीले स्थानिय निर्बाचन पश्चात जिल्लामा झण्डै ९ हजार मतदाता थएिको बताए । ‘स्थानिय तह निर्बाचनमा सल्यानमा १ लाख, २५ हजार, २ सय ५६ जनामतदाता थिए, अहिले ८ हजार ९ सय ५६ जना मतदाता थपिएका छन्,’– उनले भने ।
उनले मंसिरमा हुने निर्बाचनको लागी जिल्लामा कुल १ लाख ३४ हजार २ सय १२ जना मतदाता रहेको जानकारी दिुभयो । जसमा पुरुष ६७ हजार ३ सय ९२ जना र महिला ६६ हजार ८ सय २० जना रहेको बताए । स्थानिय निर्बाचनको भन्दा यस मंसिरमा हुने निर्बाचनमा महिला ५ हजार ३३ र पुरुष ३ हजार ९ सय २३ जनाले बढी रहेको जनाए ।
सुचना अधिकारी अधिकारीले मंसिरमा हुने निर्बाचनको आन्तरिक तयारी शुरु भएको पनि बताए । ‘प्रदेशसभा र प्रतिनिधिसभा निर्बाचनको तयारी शुरु भएको छ, हामीले आन्तरीक तयारी शुरु गरेका छौँ, निर्बाचन र सञ्चार, मतदाता सामाग्री ब्यबस्थापन, लेखा तथा प्राबिधिक ब्यबस्थापन, मतदाता शिक्षा लगाएतका बिबिध बिषयमा जानकारीको लागी जिल्ला बाट सरोकारवालाहरुलाई सहभागी हुन पठाउन शुरु गरेका छौँ,’– उनले भने ।