सुर्खेत । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई तत्काल पक्राउ गर्न निर्माण व्यवसायीहरूले माग गरेका छन् । हत्या भएकाे यतिका दिनसम्म दाेषिलार्इ पक्राउ गर्न नसक्नु प्रहरीकाे असक्षमता देखाएकाेमा अापत्ती व्यवसायीहरूले अपत्ती जनाएका छन् ।
निर्माण व्यवसायी एकता समाज सुर्खेतले दाेषीलार्इ कारवाहीकाे माग राख्दै विहिबार सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
अध्यक्ष गौचनको असोज २३ गते काठमाडौमा अज्ञात समूहले गोली हानी हत्या गरेकाे घटनाले अाफूहरू असरक्षित रहेकाे भन्ने प्रष्ट भएकाे निर्माण व्यवसायी एकता समाज सुर्खेतका महासचिव हर्ष विक्रम खड्काले जानकारी दिए ।
उनले हत्यारा तत्काल पत्ता नलगाए अाफूहरू कडा आन्दोलनमा उत्रिने चेतानावी समेत दिएका छन् । खड्काले सबै व्यवसायीहरुको शान्ति सुरक्षाको ग्यारेन्टी गर्न समेत प्रशासनसंग माग गरेका छन् ।