☰ open Loading... 25 February 2025|  

श्रीमानलार्इ बचाउन खाेज्दा श्रीमतीकाे मृत्यु
  | २६ आश्विन २०७४, बिहीबार १७:४५

बुद्धिमान पुन
सल्यान ।
करेन्ट लागेर सल्यानमा एक जनाको घटना स्थलमा नै मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ खातीगाँउमा बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ५० बर्षिय श्रीमती मंगली कुमारी वलीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

करेन्ट लागेर शारदा नगरपालिका-६ खातीगाँउका ज्ञान बहादुर वली घाईते भएका छन् । जोत्दै गरेको एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

‘ज्ञान बहादुर वली गोरु लिएर बर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भए छ, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको रहिछ, बारी अलि ओसिलो रहिछ, जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फाले छ,’– प्रहरी स्रोत भन्यो ।

श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई के भयो भनेर श्रीमान कहाँ जान लागे कि उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर मृत्यू भएकाे प्रहरीकाे भनाइ छ । बिजुलीको फलामको पोलमा राखिएको डि आईरन ईन्सुलेटरबाट तार चुडिएर पोलमा जोडिएको र जमिन चिसो भएपछि पोलबाट करेन्ट बगेर जमिनमा छोएका कारण करेन्ट लागेको प्रहरीले जनायाे ।

मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले केरन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ । घाईते ज्ञानको बहादुर अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।