☰ open Loading... 26 April 2024|  

जुम्लाबाट १४ करोड कृषिउपज निर्यात
  | २७ आश्विन २०७४, शुक्रबार १७:२३

सागर परियार
जुम्ला । जुम्लामा उत्पादन गरिएका स्थानिय बस्तुले बजार पाउँदा जुम्लाका कृर्षक खुसी भएका छन । हेला गरिएको जौ बाली देखि स्याउ सम्म बिक्री भएपछि खुसी भएका हुन् । हाल जुम्लामा उत्पादन भएका स्याउ, सिमि, ओखर,जौ र आलु लगायतका कृषि उपज निर्यात भईरहेको छ । जुम्लाको कृषिउपज अर्गानिक भएकै कारण बजारमा यसको माग बढे संगै निर्यात दर पनि बढीरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

कृषि कार्यालय द्धारा सिफारिस लिएर कृषि उपज निर्यात गर्नेहरुको संख्या बढ्दै गएको बरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेलले बताए । उनका अनुसार यस वर्षको अहिले सम्म स्याउ १४ सय मेट्रिकटन,दाँते ओखर १ टन, सिमी ५ टन, जौ ४ टन, र आलु ४ टन जुम्लाको कृषि उपज निर्यात भएको छ ।

जसमा स्याउबाट ८ करोड ४ लाख, सिमिबाट ५ लाख, जौबाट १ लाख ६० हजार र आलुबाट १ लाख रुपैया अहिले सम्म किसानहरुले आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तथा सुचना अधिकारी बालकराम देवकोटाले बताए ।

उनका अनुसार गत वर्ष भन्दा यस वर्ष स्याउबाट आम्दानी बढ्ने अनुमान गरिएको छ । भने जुम्लाको अर्गानिक कृषि उपज आधीकारिक रुपमा निर्यातका लागि ७३ जना व्यापारीले कृषि विकास कार्यालयबाट सिफारिस लिएको तथ्यांक छ ।

तर अधिंकासले गाउँघरमा मनपरी तरिकाले खरिद विक्री गरिरहेकाले सिफारिस पक्रीयामा आउने सुझाब छ । गत वर्ष १४ सय मेट्रिक टन स्याउ निर्यातबाट १६ करोड आम्दानी भएको थियो । यस वर्ष त्यो भन्दा पनि आम्दानी बढ्न सक्ने योजना अधिकृत देवकोटाले बताए ।
जुम्लामै स्याउ प्रतिकेजी ६०, सिमि प्रतिकेजी १ सय, ओखर प्रतिदाना ५ रुपैया र आलु प्रतिकेजी २५ रुपैया मा खरिद गरि निर्यात भईरहेको बताइएको छ ।

व्यापारीहरुले कम्तीमा पनि सबै कृषि उपजबाट प्रतिकेजी कम्तीमा २० रुपैया भन्दा बढि फाईदा खाने अनुमान गरिएको छ । बजारमा जुम्लाको कृषि बस्तु माग भए अनुसार अझै आपुर्ति गर्न नसक्दा लक्ष्य अनुसार आम्दानी लिन नसकेको किसानहरुले बताएका छन् ।

जुम्लाकाृ कृषि उपजलाई बजारमा खपत गर्न तथा उपादकत्व लाई बढाउन आधुनिक खेती प्रविधि हस्तान्तरण गर्नु पर्ने जुम्ली किसानको माग छ ।