☰ open Loading... 18 April 2024|  

दाजुको हत्या गरेको १७ वर्षपछि भाइ पक्राउ
  | २७ आश्विन २०७४, शुक्रबार १७:५९

बुद्धिमान पुन
सल्यान । सल्यानमा दाजुको हत्याको आरोपमा भाइलाई प्रहरीले १७ वर्षपछि पक्रेको छ । जिल्लाको शारदा नगरपालिका–१२ स्यानिखाल मुलडाँडाका ३७ वर्षीय विजय गोसाई १७ वर्षपछि पक्राउ परेका हुन् । उनलाई तुलसीपुर उपमहानगरपालिका–१ छोटेगाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

१७ वर्ष अघि उनले आफ्नै दाजु हेरम गोसाईलाई हँसिया प्रहार गरी फरार भएको थिए । ०५७ कात्तिक १४ गते भाइको हँसिया प्रहारबाट गम्भीर घाइते दाजु हेरमको १० दिनपछि उपचारको क्रममा ज्यान गएको थियो ।

दाङमा लुकिछिपी बसेको सूचनाका आधारमा खोज्दा उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङसँग समन्वय गरेर गोसाइ लाई १७ वर्ष पछि पक्राउ गरेको प्रहरी जनाएको छ!