☰ open Loading... 19 April 2024|  

जलेश्वरको अध्यक्षमा फेरी कार्की
  | २९ आश्विन २०७४, आईतवार ११:००

सुर्खेत । जलेश्वर बहुउदेश्यीय सहकारी संस्थाको ११ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले पुन अमरबहादुर कार्की अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा सुरेन्द्रकुमार पोखरेल, सचिवमा चेतनकुमार सुवेदी र कोषाध्यक्षमा उपेन्द्रकुमार सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा पुष्पा रौनियार, गोपालप्रसाद पाण्डे, भिमबहादुर भारती, सविना भारती र सरस्वती सिंह  छन् ।

लेखा सुपरीवेक्षण समितिकाे संयोजकमा चित्रप्रसाद रेग्मी र सदस्यहरुमा ढुण्डी राज गौतम र महेन्द्र सिंह ठकुरी छन् । संस्थाका अध्यक्ष कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार रविलाल सुवेदी,सल्लाहकार भिमबहादुर कार्की र संस्थाका बरिष्ठ सदस्य बालाराम रेग्मी लगायतको उपस्थिती थियो ।