☰ open Loading... 29 March 2024|  

किर्डाककाे राष्ट्रिय सम्मेलन जुम्लामा जारी
  | २९ आश्विन २०७४, आईतवार १५:११

सागर परियार,
जुम्ला । किर्डाक नेपालको दुई दिने राष्ट्यि सम्मेलनमा जुम्लामा शुरु भएको छ । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले उद्घाटन गरे संगै सम्मेलन शुर भएको हो ।

उद्घाटन सत्रमा बोल्दै मन्त्री चौधरीले वर्तमान जलवायु परिवर्तनको सम्भावित प्रतिकुल प्रभाव हटाउनु आजको पहिलो प्रथामिकता रहेको बताएकी छन् । जलवायु परिवर्तनका कारण भएको प्रतिकुल असर न्यूनिकरण तर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको भन्दै स्थानिय सरकारले पनिजलवायु अनुकुलनका कार्यक्रम गर्न सुझाब दिईन ।

बढ्दो स्थितीमा रहेको जलवायु परिवर्तनका बाट अनुकुलित हुन सम्मेलनले कोसेढुंगाको काम गर्ने उनको भनाई थियो । विभिन्न समयमा भएका सम्मेलनहरुले नेपालको जलवायु परिवर्तनले पारेको प्रभाव र अनुकलनका बारेमा निष्र्कष निकालेको जानकारी दिइन ।

नेपाल सरकारले जलवायु परिवर्तनले पारेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिषद गठन भएको अवगत गराइन । जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले जलवायु परिर्वतन निति २०६७ कार्यान्वयनमा आएको जानकारी दिए । उनले विश्व समुदायमा नै स्थान नपाउन नसकेको पर्वतीय मुद्धाले नेपालमा स्थान पाएको बताए ।

सम्मेलनमा पर्वतिय क्षेत्रमा पोषण अवसर, जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी लगातका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा कर्णाली लगायत देश भरको जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानीका लगायतका विषयमा प्रस्तुतकार्यपत्रहरुमा विस्तृप्त छलफल गरी जुम्ला घाषणा पत्र जारी गरिने किर्डाक नेपालका अध्यक्ष रत्नलाल कुलालले बताए ।

उनले नेपाल सरकार संग किर्डाकले दशकौदेखि समन्वय तथा सहकार्य गर्दे आएको अझै जारी रहने बताए । जिल्ला तथा केन्द्र स्तरको प्रबुद्ध व्यक्तिको सहभाागितामा शुरुपर्वतिय क्षेत्रमा पोषण अवसर, जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानीका विषयक दुई दिने राष्टिय सम्मेलन साेमबार सकिने छ ।