☰ open Loading... 23 November 2024|  

‘पढ्नकै लागि श्रीमानको खुट्टा ढोके’
  | ३० आश्विन २०७४, सोमबार ०९:२२

वीरेन्द्रनगर–१० की कौशिल सुनारलाई पढ्ने रुची थियो । घरमा पढ्छु भन्दा आमा बुबाले अर्कोको घरमा जाने जात पढ्नु हुदैन भनि रिसाउथे । जसरी त्यसरी भएपनि ७÷८ कक्षामा पास भए नौ कक्षामा अध्ययन गरे तर वार्षिक परीक्षा दिईन । यति मात्र होइन म अध्ययनको क्रममा अर्काको घरमा बसेर भएपनि अध्ययन गरेको हुँ ।

‘७÷८ कक्षा त अर्कोकै घरमा काम गरेर अध्ययन गरेको हुँ’ कौशिला भनिन् । त्यतिखेर म १६ वर्षकी थिए, कोशिला भन्छिन्,–‘मलाई पढ्ने धोको भएपनि घरपरिवारले अर्काको घरमा जाने जात भनि टर्चर गर्दा, म निकै निराश थिए र त्यहि बेलामा मैले विवाह गर्ने निधो गरे ।’ श्रीमानले पनि विवाह नगर्नु भन्दा पहिला मलाई पढाउछु भन्नुभयो विवाह गरेर घर भित्राउनुभयो तर श्रीमानका आमा बुबाले स्वीकार गरेनन् दुखेसो पोख्दै उनले भनिन्,–‘म विवाह गर्दा १६ वर्षकी थिए । १७ वर्षमा बच्चा जमियो । म अहिले १८ वर्षकी पनि पुगेकी छैन ।’

वातावरणीय कृषि तथा विकास केन्द्र केड, दलित महिला चेतना केन्द्र सुर्खेत र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले छैंटो अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बाल विवाह र परम्परागत हानिकारक, मान्यताहरुले निम्त्याएको परिणामहरु विषयक अन्तरक्रिया कार्यक्रममा कौशिलाले आँशु झार्दै, थपिन्,–‘मलाई पढाई दिनुहोस भने श्रीमानको खुट्टा ढोके तरपनि श्रीमानले उल्टै रिसाउनु हुन्थ्यो । मैले जसो तसो गरी माईतीसंग सहयोग मागेर भएपनि कक्षा १० उत्तीर्ण गरे ।’

श्रीमान र सासु–ससुराले दैनिक मानसिक तनाव दिन थालेपछि मैले यो संसार छोड्ने निधो गरि ‘विष सेवन’ पनि गरे तर ‘म बाँच सफल भए’ उनले थपिन्,‘अहिले सासु–ससुराले हामीलाई अलग गरि दिए, श्रीमान अल्लारे जहाँ कमायो, त्यही खाएर आउँछ । मैले श्रीमानलाई पटक–पटक स्कुलमा मेरो नाम लेखाई दिनुहोस भन्दा बच्चालाई पढाउने कि तिमिलाई पढाउने भनि उल्टो रिसाउनुहुन्छ ।

’ पढाइमा धेरै रुची भएको बताएकी उनले, आफूलाई सहयोग गर्ने कोही नपाएको गुनासो गरिन् । कौशिला प्रतिनीधिमुलक पात्र हुन् । जिल्लामा सानै उमेरमा विवाह गरेर पढाई अपूरै छोड्ने थुप्रैछन् ।

वीरेन्द्रनगर–१२ चनौटेकी पुजा परिवार पहिलो पटक महिनावरीहुँदा निकै तनाव भोगेको गुनसो पोखिन् । उनी भन्छिन, ‘छाउ हुदाँ दुध दहि खान कहाँ दिन्थे, बोट विरुवामा समेत पनि छुन दिएनन् ।  म पहिलो पटक छाउ भएकी थिए ।  त्यतिवेला सुत्नका लागि टाढाको गोठमा जानुपर्ने बाध्यता थियो ।’‘आमा मलाई एक्लै डर लाग्छ, विहिनीलाई पठाईदिनुहोस न भन्दा पनि अभिभावकले नसुनेको गुनासो पोख्दै उनले छोरीसंग अरुकोही सुत्दा हाम्रो देउता रिसाउछन भनेर एक्लै सुत्न पठाउँदा मासिनक तनाव भोग्नु परेको बताइन् ।

यतिसम्मकी भाईहरुलाई स्कुल जाँदा पैसा दिए मैलाई पैसा नै नदिएको गुनासो पोखिन् । सुर्खेतसहित प्रदेश ६ का किशोरीहरुले भोग्नु परेको बाध्यता हो यो । यस क्षेत्रका अधिकांश महिलाहरु महिनावरीहरु भएकै कारण छाउगोठमै सुत्न बाध्य छन ।  

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले नगरपालिकाले छात्रामैत्री कार्यक्रमहरु अघि बढाएको जानकारी दिईन । नगरपालिकाले हिसांस पीडित महिलाहरुका लागि हेल्प डेक्सको स्थापना गरिएको उल्लेख गरिन् । ‘भावुक र गम्भीर भएर समस्याको समधान हुदैन’ उनले थपिन्, ‘समस्याको समाधन गर्न योजनाहरु बनाएर अघि बढ्नु पर्छ ।’ नगरपालिका योजना कार्यान्वय नर्गमा प्रतिवद्ध रहेको उल्लेख गरिन् ।

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जनचेतनाको अभावले गर्दा बालविवाह हुने गरेको बताए । ‘जबसम्म जन चेतनाको विकास हुँदैन तबसम्म यस्ता रुढीवादी परम्परागतको अत्य नहुने जिकिर गरे । जिल्ला शिक्षा कार्यालयले छात्र भन्दापनि छात्राहरुलाई बढी प्रत्सोहन दिएको बताए । चालु आर्थिक वर्षमा विद्यालयहरुमा छात्रा मैत्री शौचालय बनाउनका लागि ६ लाख भन्दा बढी बजेट छुट्याईको जानकारी दिए । यस्तै छात्राहरु रजश्वला हुदाँ सबै विद्यालयहरुमा प्याडको व्यवस्था गरिएको जानकारी दिए ।

दलित महिला चेतना केन्द्र सुर्खेतका अध्यक्ष सुशिला विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर–सरकारी संस्थाका प्रमुख एवम् प्रतिनीधिको उपस्थिति रहेको थियो ।