सुर्खेत । छापा र विद्युत सञ्चार माध्यलाई मर्ज गर्नुपर्ने एक अन्तरक्रियाका सहभागीहरुले सुझाव दिएका छन् । सोमबार वीरेन्द्रनगरमा क्रियाशिल पत्रकार मञ्चले सम्पादकका र स्टेशन मेनेजरका लागि आयोजना गरिएको अन्तरक्रियाका सहभागीहरुले यस्तो सुझाव दिएका हुन ।
सहभागीहरुले साझा मुद्दाहरुमा सबै मिडियाहरु एकताबद्ध भएर विषय उठाउन गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले सञ्चारमाध्यमलाई आर्थिक रुपमा बलियो बनाउन मर्ज गर्नु पर्ने आवश्यकता रहेको औल्याए । महासंघले आगामी दिनमा यस्ता कुराहरुलाई ध्यानमा राखी अघि बढ्ने अध्यक्ष भारतीले उल्लेख गरे ।
कार्यक्रममा क्रियाशिल पत्रकार मञ्च महासचिव दीपककुमार बुढाक्षेत्रीले सहभागीहरुले दिएका सुझावहरुलाई अगामी दिनमा कार्यान्वयन गर्नमा संस्थाले सहजिकरण गर्ने बताए ।
उनले आगामी दिनमा सम्पादक र सम्वाददाताहरुको क्षमता अभिवृद्ध सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । मञ्चका अध्यक्ष ललितबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगरमा संचालित पत्रिका, रेडियो र अनलाईन पत्रिकाका सम्पादक र स्टेशन मेनेजरहरुको उपस्थिति थियो ।