☰ open Loading... 29 March 2024|  

बालअधिकार राष्ट्रिय अभियानकाे संयाेजकमा कंडेल
  | ३१ आश्विन २०७४, मंगलवार ०८:०६

बालअधिकारको लागि राष्ट्रिय अभियान सुर्खेत संयोजकमा विनोद कंडेललाइ जिम्मेवारी दिइएकाे छ । बालअधिकारको लागि राष्ट्रिय अभियानको केन्द्रिय समन्वय समितिको बैठकले कंडेललाइ सुर्खेत जिल्लाकाे संयाेजककाे जिम्मेवारी दिएकाे हाे ।
बालअधिकार तथा बालमैत्री स्थानिय शासनको सवालमा काम गरेको भन्दै कंडेललाइ पदमा नियुक्त गरिएको हो । कंडेल बिगत ९ बर्ष देखी बाल समुह र विभिन्न अभियान तथा संस्थामा आबद्ध भएर काम गर्दै आएका छन । हाल कडेल जिल्ला बालक्लब संजालको सल्लहाकार र युथ फर चिल्ड्रेनको अध्यक्ष  हुन् ।