☰ open Loading... 26 April 2024|  

१२ लाख लागतमा धुलियाविट नयाँ रिसोर्ट
  | ३१ आश्विन २०७४, मंगलवार ११:१५

सुर्खेत । वीरेन्द्रनगरको धुलियाविटमा नयाँ रिसोर्ट सञ्चालन आएको छ । झण्डै १२ लाखको लागतमा मानसरोवर रिसोर्ट एण्ड कटेज मंगलवारदेखी सञ्चालनमा आएको हो ।

बजारको कोलाहल वातावरणभन्दा एकान्तमा ग्राहकहरुलाई सेवा दिन रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक राम भट्टराईले जानकारी दिए । उनले ग्राहकहरुको चाहना अनुसार नै होटल मानसरोवारको शाखा विस्तार गरेको उल्लेख गरे ।

रिसोर्टमा थकाली परिकार, अस्ट्रिच, बटै, माछा, हास, लोकल कुखुराका परिकारहरु उपलव्ध गराइने उनले बताए । शुरुमा कटेजको व्यवस्था गरिएपनि विस्तारै लजको व्यवस्थापन गर्न थालेको उल्लेख गरे ।