☰ open Loading... 16 April 2024|  

‘बालविवाहमुक्त वडा बनाउनेछु’
  | १ कार्तिक २०७४, बुधबार १०:०७

आजभोली के काममा व्यवस्त हुनुहुन्छ ?  

निर्वाचन पछिको हाम्रो पहिलो काम भनेको वडा कार्यालय स्थापना हो । आजभोली म वडा कार्यालयको काममा व्यस्त छु । मुख्यगरी विनियोजित बजेटलाई कार्यान्वयन गर्न र जनताको काममै व्यस्त छु । लामो समयदेखि स्थानीय तहमा जनप्रतिनीधि विहिन थियो । पाँच गाविसमा १ एक सचिवले हेर्नुपर्ने अवस्था थियो अहिले सहज रुपमा नागरिकहरुले सेवा पाएका छन् ।

यो वडाका प्रमुख समस्याहरू के–के देख्नु भएको छ ?

हाम्रो यो वडाको प्रमुख समस्या भनेको यहाँको बस्तीहरूमा जनचेतनाको कमी रहेको छ । यहाँका युवाहरू कुलतमा फसिरहेको अवस्था छ । सडकको अवस्था नाजुक छ, खानेपानीको अभाव छ । यहाँको प्रमुख समस्या भनेको बालविवाह हो । जनचेतनाको अभावले गर्दा बालविवाह हुने गरेको छ । बालविवाह विकासको बाँधक समेत बनेको छ । बालविवाह नियन्त्रण गर्नका लागि वडा कार्यपालिकाले समय–समय जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने योनजाहरु बनाएका छौँ । यस्तै अर्को समस्या जातिय छुवाछुत हो । आउने पाँच वर्ष भित्र जातिय छुवाछुत रहित वडा र बनाउने छु । कानूनमा छ तर अहिलेसम्म व्यवहारमा लागु भएको छैन । म पाँच वर्षभित्र व्यवहारमा लागु गर्नेछु । बहुविवाह गर्नेहरुलाई समेत कानूनी दायारमा ल्याउने छौँ ।

ती समस्यालाई कसरी समाधान गर्नुहुन्छ ? 

यी समस्याहरूलाई समाधान गर्नका लागि म यो वडामा निवार्चित भए लगत्तै काम सुरु गरिरहेको छु । पाँच वर्षसम्म यो समस्यालाई पूर्णरूपमा निर्मूल नै पार्ने योजना रहेको छ । सबैभन्दा यो वडाबासीलाई जनचेतना जनाउन जरुरी छ । युवाहरुलाई रोजगारमूलक बनाउनेछु । महिला, दलित जनजातिहरूलाई सीपमूलक कार्यक्रम ल्याउने । अब त वडामा बजेट पनि आइसकेको छ हामीले यी सबै क्षेत्रका लागि बजेट पनि छुट्याएर काम पनि अगाडि बढाएका छौँ । समस्या समाधान हुन्छ ।

समृद्ध वडा बनाउने तपाईका योजनाहरु के के छन् ? 

म २०५४ सालमा पनि लयाटीविन्द्रासैनीको उपाध्यक्ष हुँ । त्यतिवेलापनि म जनताको विचमा जाने अवसर पाएको थिए । अहिले आएर जनताहरु मलाई पुन वडा अध्यक्षको जिम्मेवारी दिएका छन् । पहिलो नम्बरमा म यहाँका जनताहरुको जीवन स्तरलाई माथि उकास्नका लागि कृषिमा बढी जोड दिनेछु । वडा ८ लाई कृषि नुमना बनाई कृषि पर्यटकीय स्थल मेरो मुख्य योजनाहरु छन् ।

वडाको पुर्वाधारको विकासमा बढी जोड दिनेछु । आउने पाँच वर्ष चामुण्डाविन्दासैनीकै उत्कृष्ट वडाको रुपमा स्थापित गर्ने लक्ष्य छ । अहिलेसम्म साविकको वडा नम्बर ८ मा सडक सञ्जाल छोएको छैन । त्यहाँ सडक संजालमा जोड्नलागि बजेट विनियोजित पनि गरेका छौँ । भोट्या चौतारादेखि खारको खम्बा डाडासम्म बाटो पु¥याउनका लागि १३ लाख बजेट विनियोजित गरेको छौँ । सडक खन्ने काम तिहार लगत्तै सुरु गर्ने छौँ । आउने पाँच वर्षमा यही बाटोहरु उनत स्तरगरी लैजाने योजना बनाएको छु ।

यहाँ मुख्यगरी खानेपानीको समस्या छ । खानेपानीको समस्यालाई समधान गर्नका लागि बजेट विनयोजित गरेका छौँ । व्यवसायी कृषि बनाउनका लागि वडा टोल–टोलहरुमा कृषि समूहहरु गठन गरि सकेको छौँ । अझै छुटेका वडाहरुमा कृषि समूहहरु गठन गर्ने काम गरिरहेका छौँ । वडाहरुमा रहेका पुरा गुफा र मठ मन्दीरहरुको संरक्षणका साथै उन्नत स्तर गर्ने छौँ । विन्दासैनी माई मन्दीरको जिम्मा वडा कार्यालयले नै लिने योजना बनाएको छु । समग्र वडालाई विवाद रहित बनाउने योजना पनि अघि सारेको छौँ । म निर्वाचित भई आईसेकपछि मैले पहिलो काम धार्मिक पर्यटकीय स्थल बनाउनका लागि वर–पीपलका विरुवा रोप्ने काम गरे ।

यी योजनाहरुलाई सफल पार्न कस्तो रणनीति तयार गर्नु भएको छ ?  

योजनाहरु सफल बनाउनका लागि जनताहरुको साथ र समर्थन आवश्यकता पर्छ । जनताहरुले तेरो मेरो नभनी साथ दिएमा यी योजनाहरु सहजमा सफल पार्न सकिन्छ । यो आर्थिक वर्षमा अघि सारिएका योजनाहरुलाई निरन्तरता दिई नयाँ योजनाहरु बनाउने छु । कृषिलाई आधुनिकरण गर्न कृषि समूहहरु गठन गर्ने छौँ । सबैभन्दा बढी जनताहरुलाई चेतनशिल बनाउनमा जोड दिने छौँ । जनचेतनाको कमि भयो भने विकास गर्न अप्ठ्यारो हुन्छ ।

अन्त्यमा केही भन्न छुट्यो की ? 

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर जिताउनु भएकोमा वडाबासीहरूलाई धन्यवाद दिन चाहान्छु । जुन वडाबासीले मलाई यति धेरै विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म टुट्न दिनेछैन । जनताको लागि नै काम गर्नेछु । मेरो विचारलाई राख्ने अवसर दिएकोमा तपाईको लोकप्रिय अनलाईन पत्रिका पश्चिम नेपाल डटकमलाई धन्यवाद दिन चाहान्छु ।

प्रस्तुती मदन विक