सुर्खेत । वीरेन्द्रनगर नगरपालिका र ट्राफिक प्रहरीको ज्यादतीले ढुक्कले आफूहरुले व्यवसाय गर्न नपाएको आरोप ठेला व्यवसायीहरुले लगाएका छन् । फुटपाथमा फलफुल व्यवसाय गर्दै आएका व्यापारीमाथि नगरपालिका र ट्राफिकले मनपरी रुपमा हटाउँदै जरिवना काट्ने गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।
सोमबार नगरपालिका र ट्राफिक प्रहरीले छानीछानी ठेला व्यवसायहरु नियन्त्रणमा लिएपछि व्यवसायीहरु केही समय आन्दोलित समेत भएका छन् । वीरेन्द्रनगरका विभिन्न स्थानबाट प्रहरीले ठेलाहरु नियन्त्रणमा लिएर वीरेन्द्रनगर नगरपालिका– ६ नम्बर वडा कार्यालयमा बुझाएको थियो । तर दुई दर्जनबढी ठेला व्यवसायीहरुले वडा कार्यालय अगाडी पु¥याएका ठेलाहरु ढालेर आन्दोलन गरेका थिए । निश्चित मापदण्ड विनै नगरपालिका र ट्राफिक प्रहरीले आफूहरुमाथि ज्यादती गरेको फलफुल व्यवसायीहरुको आरोप छ ।
‘हाम्रो व्यवसाय नै ठेलामा फलफुल डुलाएर विक्रि गर्ने हो’ फलफुल व्यवसायी अनिस मन्सुरीले भने,–‘नगरपालिकाले ठाउँ नतोक्दा बजारको बाटो हुँदै ठेला लैजाँदै गर्दा पनि प्रहरीले सताउने गरेको छ ।’ वडा कार्यालय अगाडी पु¥याएका ठेलामा राखिएका फलफुलहरु घोप्टाएर व्यवसायीहरुले आफूहरुलाई त्रसित नपार्न चेतावनी दिँदै नारावाजी गरे ।
‘विक्री गर्ने ठाउँ तोक्दिएको भए हामी त्यही लगेर आफ्नो व्यवसाय गथ्र्यौं’ फलफुल व्यवसायी कसिम सेकले हामीलाई मधेसीमुलको भनेर नगरपालिका र ट्राफिक प्रहरीले बारम्बार दुःख दिने गरेको आरोप लगाए । अरुलाई सडकमै डोकोमा राखेर फलफुल विक्री वितरण गर्न दिने र आफूहरुलाई ठेलामा व्यापार गर्दा प्रहरीले थर्काउँदै लाति बर्साउने गरेको आरोप व्यवसायी सेकको छ ।
आन्दोलित व्यवसायीहरुले प्रहरीले आफूहरुबाट कमिशन माग्ने गरेको खुलासा गरेका छन् । प्रहरीले आफूलाई मासिक पाँचहजार रुपैयाँ दिए बजारका ठाउँमा ठेला लगाउन दिन्छु भन्दै धम्की दिने गरेको व्यापारीहरुको आरोप छ ।
अधिकाँश ठेला व्यापारीबाट मोटो रकम असुल्न फुली भएका ट्राफिकले धम्काउने गरेको एक व्यापारीले (प्रमाण स्वरुप भिडियो छ ।) भने,–‘मासिक पाँच हजारको व्यापार हुँदैन कसरी त्यती ठुलो रकम दिन सक्दैनभन्दा धम्काउँदै आज फन्दामा परे ।’
यता वीरेन्द्रनगर नगरपालिका– ६ नम्बर वडा कार्यालयका अध्यक्ष मोतिप्रसाद कंडेलले ठेला व्यवसायीहरुले वीरेन्द्रनगरको मुख्य चौक वीरेन्द्रचौक आसपासमा ठेला राख्नु मार्ने माग तेर्साएको बताए ।
‘व्यस्त चौकको दायाँ बायाँ सडकको पेटीमा व्यवसाय गर्न पाउनु पर्ने माग राखेका छन्’ अध्यक्ष कंडेलले भने,–‘उहाँ (ठेला व्यवसायी) हरुलाई हामी निश्चित ठाउँ तोक्दिन्छौं, त्यही गएर व्यवसाय गर्नुस्भन्दा चौकमै ठाउँ माग्नुहुन्छ, तर चौक क्रुप हुने गरी ठेला व्यवसाय गर्न दिन सकिदैन् ।’
‘कमिशन माग्याे भन्ने अाराेप गलत’
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कविराम सेन्चुरीले ठेला व्यापारीहरुले लगाएको आरोप गलत भएको बताए । ‘बजार क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न नगरपालिकाको सहकार्यमा जथाभावी ठेला नराख्न आग्रह मात्रै गरेका हौं’ सेन्चुरीले भने,–‘सुरक्षित सडक यात्रा बनाउन खोज्दा रकमै खायो भन्ने आरोप लगाउन दुखद् हो ।’
वीरेन्द्रनगरको बजार क्षेत्रमा रहेको अव्यवस्थित फुटपाथले दुर्घटनाको जोखिम बढेकाले न्युनिकरण गर्न ठेला हटाउने अभियान थालिएको जानकारी दिएका उनले राम्रो काम गर्दा उनीहरुले आफूमाथि लगाएको आरोप मिथ्या भएको दावी गरे । ‘ठेला हटाउन ट्राफिक प्रहरी एक्लै गएको छैन्’ सेन्चुरीले थपे,–‘नगरपालिकाका जिम्मेवार व्यक्तिहरुको उपस्थितीमा हामीले ठेला नियन्त्रणमा लिने गरेका हौं ।’