☰ open Loading... 25 April 2024|  

मनोनयन दर्ता आज
  | १६ कार्तिक २०७४, बिहीबार १०:१६

सुर्खेत । आगामी मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि आज (विहिबार) मनोनयन दर्ता हुदैछ । पहिलो चरणको निर्वाचनका लागि मनोनय दर्ता गर्ने भईसकेपछि आज दोश्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ता गर्न लागिएको हो ।

दोस्रो चरणको निर्वाचनको लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता, भोली कात्तिक १७ गते उम्मेदवार विरोधमा उजूरी दिने,उजूरी उपर छानविन तथा नामावली प्रकाशन १८ गते र उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन १९ गते गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर ६ को सुर्खेत, दैलेख र सल्यानमा मनोनयन दर्ता आज गर्न लागिएको हो ।

सुर्खेतमा संघ प्रतिनीधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा १९ ओटा दल दर्ता भएका छन् ।