☰ open Loading... 24 November 2024|  

वाम गठबन्धनलार्इ जिताउन युवा संघको चुनावी रणनीति
  | १८ कार्तिक २०७४, शनिबार १६:४२

सुर्खेत । वाम गठबन्धनका साझा उम्मेदवारलाई जिताउनका लागि एमाले निकट युवा संघ नेपाल सुर्खेतले युवा परिचालिन कमिटी गठन गर्ने भएको छ । शनिबार वीरेन्द्रनगरमा युवा संघ नेपाल सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाको अध्यक्षता बसेको सचिवालयले बैठकले जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा युवा परिचालन कमिटी गठन गर्न निर्णय गरेको हो ।

प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा राजेन्द्र सिंलाई युवा परिचालन जिम्मा दिदै संयोजक तोकिएको छ । यस्तै प्रतिनिधि सभा १ को प्रदेशमा सभा (ख) मा नविन सारुलाई संयोजक तोकिएको छ । यता प्रतिनिधि सभा २ को प्रदेश सभा (क) मा कमल बिसी र प्रदेश सभा (ख) मा झक्कीबहादुर सिजापतिलाई संयोजक तोकिएको छ ।

यस्तै बैठकल प्रतिनीधि सभा १ को प्रदेश सभा (क) को राकम, प्रदेश सभा (ख) को रामघाट र प्रतिनिधि सभा २ को प्रदेश सभा (क) वीरेन्द्रनगर र प्रदेश सभा (ख) को कुनाथरीमा बैठक बसी युवा परिचालन कमिटि गठन हुनेछ ।

युवा संघका केन्द्रिय सदस्य प्रकाश सारु बने चुनाबी कमाण्डरमा जिल्लामा ५०१ जनाको चुनावी युवा परिचालन कमिटि बन्ने युवा संघ नेपाल सुर्खेतका प्रचार बिभाग प्रमुख नन्दराम खनालले जानकारी दिए ।