☰ open Loading... 29 March 2024|  

मध्यरातमा आगलागीहुँदा २ करोडको क्षती
  | २३ कार्तिक २०७४, बिहीबार १६:०४

सुर्खेत । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको एक पुस्तक पसलमा मध्यराती आगलागी हुँदा झण्डै दुई कराेड बढीको क्षती भएको छ । बिहिवार विहान पौने २ बजे जुम्लारोडमा रहेको जयलक्ष्मी इन्टप्राइजेजमा आगलागी हुँदा २ कराेड २५ हजारको सामग्री नष्ट भएको हो ।


विद्युत तार सटहुँदा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जयलक्ष्मी इन्टप्राइजेजका सञ्चालक भानु बरालका अनुसार पसलमा रहेका स्टेशनरी, म्युजिक र खेलकुदका सामग्री नष्ट भएको छ । प्रहरीका अनुसार राेशन ड्रग हाउसमा पनि अागाेले क्षेती पुर्याएकाे छ ।