दैलेख – दैलेख सदरमुकामबाट १२ किलोमिटर । पिच सडक ९ अनि कच्चि ३ किलोमिटर । हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती छ । दुल्लुनगरपालिका अन्र्तगत पर्ने खाइतडा गाँउ जहाँ जनजाती समुदाय मात्रै छन् ।
खाइतडाको पहिचान नै थिएन् । तर, अहिले जिल्लामा मात्रै होईन् जिल्ला बाहिरबाट आउनेहरु पहिलो रोजाई नै बनेको छ । १ वर्षदेखी उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे सञ्चालन गरे । उनीहरुले जोडिएका १६ घरधुरी मिलेर होमस्टे सुरु गरेका हुन् । उनीहरु सुरुमा पाहुनाहरु आउदैनन् की भनेर चिन्तामा थिए ।
अहिले एकपछि अर्को गर्दै दिनहुँ जसो पाहुनाहरु आउन थालेपछि भ्याई नभ्याई छ ।
सदरमुकाम नजिक भएर पनि यो बस्तीले कुनै फाईदा कमाउन सकेको थिएन् । यहाँ धेरैजसो लाहुरे छन् तर, घरमा भएकाहरु आर्यआर्जन केही गर्न सकेका थिएन् ।
अहिले उनीहरुलाई दिनहुँ लोकल उत्पादन गर्नदेखी पकाएर पाहुनालाई खुवाउन ब्यस्त छन् । लोकल उत्पादनको स्वाद दिनदेखी एक रात विताउन समेत पाहुनाहरु आउन थालेका स्थानीय रमेशकुमार आलेमगरले बताए ।
łकेही वर्षपहिलेसम्म हाम्रो पहिचान गाउँघरमै थियो । होमस्टे सञ्चालन तथा स्थानीय रमेशकुमार आलेमगरले भने, अहिले टाढाटाढाबाट आउनुहुन्छ । हामीलाई प्रोत्साहन दिएन् जानुहुन्छ । जसले हौसला पनि दिएको छ आम्दानी पनि ।
प्रत्येक घरमा लोकल कुखुरा, माछादेखी लोकल उत्पादनहरु परिकारका रुपमा पकाईन्छ भने उनीहरु साँझ आफ्नै भेषभुषामा सांस्कृतीक कार्यक्रमहरु समेत देखाएर पाहुनाहरुलाई मनोरञ्जन दिने गरेका छन् । उनीहरुले १० जनाभन्दा धेरै पाहुना आएमा अरु घरमा समेत विभाजन गर्छन् । उनीहरुले बढीमा एक सयसम्म पाहुनालाई एक रातमा बस्ने सुविधा रहेको बताईएको छ । होमस्टे सञ्चालन आएयता वर्षदिन नपुग्दै कम्तिमा १ हजार पाहुना आएको बताईएको छ ।
सदरमुकाम नजिकै भएकाले होमस्टे आउने पाहुनाहरु बढ्ने र पर्यटन विकासमा प्रर्वधन हुने पर्यटन पत्रकारसंग दख्खल राख्ने पत्रकार अभिषेक अनुरागले बताए ।
łसदरमुकाममा महगों बसाईभन्दा सस्तो तथा अर्गानिक खानपानका लागि आर्कषण बनेको छ । पत्रकार अनुरागले भने, प्रचारप्रसार ब्यापक भए रारा पुगेर फर्कने पर्यटकहरु दैलेखको ज्वालाजी दर्शन गरि एक रात होमस्टे बसेर नेपालगंज पुग्न उत्तम रुट हो । अहिले यहाँ अग्रिम बुकिग गरेर आउने पाहुना धेरै छन् ।
लाफा होमस्टेका संञ्चालकहरु पनि कम्तिमा पहिले खवर गरेर आए पहुनाले अर्डर गरे अनुसारका स्वाद लिन पाउने बताउँछन् । अहिले सदरमुकाम आएका पाहुनाहरु अग्रिम फोन गरेर होमस्टेमा पुग्ने गरेको बताईन्छ । łयहाँ आउने पाहुनाहरु प्याकेज अनुसार पैसा तिर्छन् । बाहिर यहाँ धेरै फरक छ । होमस्टे संञ्चालन आलेमगर भन्छन् ः पैसा तिर्दा पाहुनाहरु दंग पर्नुहुन्छ । निकै कम रकम मात्रै लिने गरेको छौं ।