☰ open Loading... 25 February 2025|  

दैलेखमा हाइस दुर्घटना हुदाँ ३ को मृत्यु
  | २५ कार्तिक २०७४, शनिबार ००:१२

मदन विक
सुर्खेत । सुर्खेतबाट दैलेख जादै गरेको बा ४ ख ५०१० नम्बर फोर्स गाडी गुराँस गाउँपालिका वडा नं. ४ सियाकोटमा दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । दुर्घटनापरी १५ जना घाईत भएका छन । मृत्यु हुनेमा वीरेन्द्रनगर–९ लाटीकोइलीका पारस तिवारी, दैलेख नौमुलेका जसी राना र रत्नबहादुर सिजाली छन् ।

घाईते

दुर्घटना परी बुटवल–७ दीपनगरका वर्ष ३८ का विनोदकुमार अगहरी, नारायण नगरपालिका–१ की २५ वर्षिय हेमा खड्का, वीरेन्द्रनगर–९ का १२ वर्षका गोविन्द तिवारी, दैलेख खरीगैरा–४ का वर्ष १९ का खेमराज बुढा, पाटाभार–२, वर्दिया वर्ष २५ का नरेश थारु र सोही ठाउँका वर्ष ३६ का धर्म थारु घाईते भएका छन ।

घाईते

यस्तै पाटाभार–२ बर्दिया वर्ष ३५ का विनोद चौधारी, दुल्लु नगरपालिका–८ दैलेखका २४ वर्षिय सुरेश देवकोटा, दैलेख कालभैरव–१ का वर्ष २१ का विमलबहादुर थापा र पाटाभार–२ वर्दिया वर्ष ३६ का पशुराम चौधारी घाईतेका भएका छन । मृत्यु हुनेमा २ जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार घाईतहरु मध्य ८ जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरु हाल देउती नार्सिङ्ग होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाईते

 दुई जनाको लाशलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा राखिएको जनाएको छ । पारशकाे लाशलाइ  जिल्ला अस्पताल दैलेख पठाईएको छ ।
दुर्घटना के कसरी भयो भनि अझैपनि खुल्न नसकेको छैन, दुर्घटना कसरी भएको भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए ।