☰ open Loading... 18 April 2024|  

ट्राफिक हाकिमले घुस मागेको स्विकार
  | ३० कार्तिक २०७४, बिहीबार १८:०९

लाईसेन्स हराएको सिफारिस लिन पुगेका सेवाग्राहीबाट दैलेख ट्राफिक प्रहरी कार्यालयका प्रमुखले घुस लिएको छन् । सिफारिसका लागि पुगेका सेवाग्राही नमनकुमार शाहीबाट दैलेख ट्राफिक प्रमुख तेजबहादुर साँवदले लिएको हुन् ।

ईलाका प्रहरी स्वार्गद्धारी प्युठानमा दरवन्दी रहेका साँवद काजमा दैलेख ट्राफिक प्रहरी कार्यालय ईन्चाजका रुपमा सरुवा भएका आएका हुन् । उनी आएको दुई महिना नपुग्दै खुलेआम घुस माग्न थालेपछि सेवाग्राहीले खुलेआम विरोध समेत गर्न थालेका हुन् ।

łलाईसेन्स हराएको सुचना पत्रिकामा प्रकाशन भएको हप्तादिनपछि ट्राफिक प्रहरीको कार्यालयबाट सिफारिसका लागि पुग्दा सिधै १ हजार रुपैँया लगियो । पिडित नमनकुमार शाहीले भने, मलाई रसिद पनि दिईएन् ।

तपाईले सिफारिस पाए भैहाल्यो नी भन्दै १ हजार मागेर लगे । जिल्लामा यातायात समितिसंग साँवदले साँठगाँठ गरेर मनपरि यात्रु कोच्ने र पैसा असुल्ने गरेको समेत आरोप लागेको छ । जिल्लामा रोड प्रमिट विना क्षमताभन्दा बढी यात्रु राखेर धमाधम गाडीहरु हिड्ने गरेका छन् ।
यता ट्राफिक प्रहरी कार्यालयका प्रमुख साँवदले सिफारिस गर्दा कुनै शुल्क नलाग्ने भएपनि आफुले सहयोग भनेर सेवाग्राहीसंग तेल खर्च भनेर पैसा मागेको स्विकार गरेका छन् । łतेल खर्च भनेर पैसा मागेको हुँ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख साँवदले भने, सिफारिस गर्दा कुनै शुल्क लाग्दैन् ।

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख एसपी राजेन्द्र खड्काले सिफारिसका नाउमा पैसा उठाउन पाईदैन् र, त्यसो भए, कानुन बमोजिम कार्वाही हुने बताए ।