रमेश रावत
अछाम । अछाममा विप्लब नेतृत्वको नेकपाका एक जना कार्यकर्ता प्रहरीले प्रक्राउ गरेको छ । पार्टिको भातृ संगठन युवा जन स्वयम सेवकका केन्द्रिय सदस्य सज्जन धामी चट्टानलाई पहरीले प्रकाउ गरेको हो ।
बजै (हजुर आमा) को मलामी जान लागेका धामीलाई प्रहरीले प्रक्राउ गरेको जनाईएको छ । आसन्न निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागी अछाम प्रहरीले चलाएको सुरक्षा अभियान अन्तर्गत उक्त पार्टिका कार्यकर्ताहरु माथि अनुसन्धान सुरु गरेको छ ।
निर्वाचन विरोधि गतिविधिमा संगल्न भएको भेटिएका ले धामीलाई प्रक्राउ गरीएको अछाम प्रहरी प्रमुख डिएस पि दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
यता नेकपा जिल्ला ईन्चार्ज शेर बहादुर वि.क दर्शनले आफुले शान्तिपुर्ण रुपले निर्वाचन बहिस्कार गरेको भएपनि राज्यले आफुमाथि निरंकुसता लादेको आरोप लगाएका छन् । ईन्चार्ज वि.कले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बजै (हजुरअामा) को मलामी जान लागेका धामीलाइ तत्काल रिहाईको माग गर्न माग गरेका छन् ।