☰ open Loading... 2 May 2024|  

दैलेखका ५ स्थानीय तह, अति सुरक्षा संवेदनशितामा
  | १५ मंसिर २०७४, शुक्रबार ११:०३

दैलेख  – ११ स्थानीय तह रहेको दैलेखमा जिल्ला सुरक्षा समितिले आंसन्न संघ र प्रदेशको चुनावमा ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखेको छ ।

विप्लव समुहको केही प्रभाव रहेको दैलेखमा सुरक्षा चेतावनी हुन सक्ने भन्दै ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखिएको हो ।

सुरक्षा संवेदनशिलतामा रहेका स्थानीय तहहरुमा गुँरास, नौमुले, ठाँटीकाध गाउँपालिका र आठविस, चामुण्डाविन्द्रासैनी र दुल्लु नगरपालिकालाई राखीएको छ ।

 

ती गाँउ तथा नगरपालिका भौगलिक रुपमा विकट हुनुका साथै विप्लव कार्यकर्ता रहेको क्षेत्र मानिन्छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सुरक्षा संवेदनशिलता हरेर मतदातादेखी कर्मचारीसम्मलाई सुरक्षा प्रत्याभुती हुने गरि मिलाएको बताए ।

łकुनै पनि हिसावले कमजोर नहुने गरि सुरक्षा रणनिति बनाएका छौं । जिल्ला सुरक्षा समितिका अध्यक्ष न्यौपानेले भने, मतदान केन्द्र र मतदाताको सुरक्षाको लागि ३ तहमा सुरक्षाकर्मीहरु राखीएको छ ।

सवै मतदान केन्द्रमा बाहिरी घेरामा रहेका सुरक्षाकर्मी आधाघण्टाभित्र पुग्ने ब्यवस्थ मिलाईएको सुरक्षा समितिले जनाएको छ ।